The Cinemax Hub

शिल्पी थिएटरमा मञ्चन हुँदै नाटक ‘डल्ले खोला’

Facebook
Twitter
WhatsApp

काठमाडौँ। नाटक ‘डल्ले खोला’ मञ्चन हुने भएको छ। रंगकर्मी वेदना राईको परिकल्पना र निर्देशनमा नाटक मञ्चन हुन लागेको हो।

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा यही जेठ २९ देखि मञ्चन हुनेछ। नाटकको कथा कथाकार परशु प्रधानको ‘डल्ले खोला’ मा आधारित छ। यो कथा कक्षा आठको नेपाली विषयमा पनि समावेश छ।

नदीको कथामा आधारित नाटकले नदीकै नाममा भइरहेको भ्रष्टाचारको प्रंसंग उठाएको निर्माण टिमले जनाएको छ।

एक थिएटर नेपालको प्रस्तुति रहेको नाटकका निर्माता सौजन सेनेहाङ हुन्।

नाटकमा उमेश सुनाम, अमित मगर, रञ्जना नेपाली, रचना मगर, रेजिना राई, सोहाङ राई थुलुङ, स्वर्णिम चाम्लिङ, ओसिन गुरुङ, पुष्पाञ्जली तिम्लिङ लिम्बू, रमिता राई, आकाश सुहाङ लिम्बू, अञ्जना थुलुङ राई, नुमा राई, प्रकृति थुलुङ राई, प्रिति चाम्लिङ राई, युगल श्रेष्ठ र सरोज खालिङ राईको अभिनय गरेका छन्।

नाटक असार १४ गतेसम्म मंगलबारबाहेक साताको प्रत्येक दिन साँझ ५ः१५ बजे मञ्चन हुनेछ। शनिबार १ बजेको अतिरिक्त सो पनि हुने टिमले जनाएको छ।

thecinemaxhub

/ सम्बन्धित समाचार /