The Cinemax Hub

‘चोर हो तिमी’ भन्दै आइन् एलिना चौहान (भिडियो सहित)

Facebook
Twitter
WhatsApp

काठमाडौं : गायिका एलिना चौहानको स्वरमा ‘चोर हो तिमी’  सार्वजनिक भएको छ। सार्वजनिक भएको गीतमा हरि थापाको शब्द संगीतमा तयार पारेका छन्। 

यस गीतको भिडियो पुष्कर राउत,श्रृष्टि खड्का र बिना राउतले अभिनय गरेका छन्। सुरेश पाण्डेले निर्देशन गरेको यो भिडियोमा प्रेम, धोका र पारिवारिक सम्वेदनालाई चित्रण गरिएको छ। गीतको भाव अनुसार नै निर्देशकले भिडियो निर्माण गरेका छन्। यस गीतको भिडियोमा बाल कलाकार युवन तिवारीको पनि अभिनय देख्न सकिन्छ। 

 देव जोरीले छायांकन गरेको भिडियोमा देव महर्जनको द्वन्द छ भने अलिन बिष्ट प्युठानीले सम्पादन गरेका हुन् । भिडियोलाई मिरन कुमार पोखरेल निर्माण गरेका हुन्।

Cinemax Hub

/ सम्बन्धित समाचार /