The Cinemax Hub

नवनियुक्त सिक्किम फिल्म बोर्ड अध्यक्ष टासी छिरिङ भुटियालाई चलचित्र विकास बोर्डद्वारा काठमाडौंमा स्वागत

Facebook
Twitter
WhatsApp

काठमाडौं। नेपाली चलचित्रको विकास, प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजार विस्तारका लागि नेपाल र सिक्किमबीचको सहकार्यलाई थप मजबुत बनाउन नेपाल सरकारको चलचित्र विकास बोर्डले नवनियुक्त सिक्किम फिल्म बोर्डका अध्यक्ष टासी छिरिङ भुटियालाई काठमाडौंमा औपचारिक स्वागत गरेको छ।

उक्त स्वागत कार्यक्रममा दुवै बोर्डबीच आगामी दिनमा सहकार्यका विभिन्न सम्भावनाहरूमा सकारात्मक छलफल भएको थियो। अध्यक्ष डि.सी.ले नेपाली चलचित्रका लागि सिक्किमसँगको सहकार्य स्वर्णिम अवसर हुने विश्वास व्यक्त गर्दै भुटिया र उनको टिमलाई सफल कार्यकालको शुभकामना दिएका थिए। उहांहरु वीच पछिल्लो ६ महीनामा ३ पटक भेट भएपनि टाशी छिरिगं सिक्किम सरकारबाट बोर्ड अध्यक्ष्य नियुक्त भएपछिको यो पहिलो भेट हो । 

कार्यक्रममा सिक्किमबाट  मनोज लामा, दास तामाङ, उत्तम प्रधान लगायको उपस्थिति थियो।  भेटघाट कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी तुलसी घिमिरे, भारती घिमिरे चलचित्र विकास बोर्डका सदस्यहरू सन्तोष लोहनी, वीरेन्द्र भट्ट , गणेश सुवेदी ,सदस्य सचिव राजेश थापा , कलाकार जीवन लुइटेल, जितु नेपाल,पन्चमी घिमिरे, सम्पादक नहकुल खडका, निर्माता केवल तामांग, ‘कमेडी दरबार’ टिमका ,श्रध्दा प्रसाईं, बिक्की अग्रवाल , र कान्तिपुर फिल्म एकेडेमीका प्रकाश पुरीलगायतको उपस्थितिले कार्यक्रमलाई अझ उत्साहपूर्ण बनाएको थियो।

Cinemax Hub

/ सम्बन्धित समाचार /