The Cinemax Hub

सिनेमा ‘परालको आगो’को धमाधम वर्कशप सुरु

Facebook
Twitter
WhatsApp

काठमाडौं : नेपाली कथा साहित्यका चर्चित कथाकार गुरुप्रसाद मैनालीको प्रसिद्ध कथा ‘परालको आगो’ मा आधारित सिनेमाको औपचारिक वर्कसप आइतबारदेखि सुरु भएको छ। सिनेमालाई उत्कृष्ट बनाउन निर्माण पक्षले सबै कलाकारलाई एकै ठाउँमा भेला पारेर वर्कसप थालेको हो।

वर्कसपमा मुख्य कलाकारहरू सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरु भण्डारी र रेणु न्यौपाने लगायत सहभागी छन्। उनीहरू आफ्नो चरित्रलाई थप जीवन्त बनाउन अभ्यास गरिरहेका छन्।

सिनेमाका निर्माता सुशील पोखरेल र लेखक सुशील देवकोटा पनि वर्कसपमा उपस्थित छन्। निर्माता पोखरेलले सिनेमालाई उत्कृष्ट बनाउन आफू प्रत्यक्ष रूपमा संलग्न भएको बताए। सिनेमाको निर्देशन लक्ष्मण सुनारले गर्दैछन्।

सिनेमाका गीतहरूमा सुरेन्द्र राना, मनबहादुर मुखिया र प्रकाश सपुतको शब्द रहनेछ भने संगीत शान्ति ठटाल, सत्य स्वरूप र प्रकाश सपुतले दिनेछन्। निर्माण पक्षका अनुसार, वरिष्ठ संगीतकार शान्ति ठटाललाई दुई महिनाअघि नै उहाँको निवासमा पुगेर संगीत प्रयोगको अनुमति लिइएको थियो।

‘परालको आगो’ को छायांकन आगामी भदौ २६ गतेदेखि म्याग्दीको रमणीय स्थानहरूमा सुरु हुनेछ। छायांकन संकल्प भुजेलले गर्नेछन्। सिनेमाको प्राविधिक टोलीमा रामजी लामिछाने (नृत्य निर्देशन), सुलक्षण भारती (स्क्रिप्ट डक्टोरिङ), सुशील देवकोटा (लेखन) र नगेन्द्र घिमिरे (प्रोडक्सन म्यानेजर) रहेका छन्।

स्मरण रहोस्, मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश ‘परालको आगो’ कथालाई ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले पनि सिनेमा बनाएका थिए, जुन व्यावसायिक रूपमा सफल भएको थियो। नयाँ संस्करणको प्रदर्शन मिति भने निर्माण पक्षले अझै सार्वजनिक गरेको छैन।

Cinemax Hub

/ सम्बन्धित समाचार /