The Cinemax Hub

बक्स अफिस प्रणालीको अनुगमन : ६० हलमध्ये २ ले म्यानुअल टिकट बिक्री

Facebook
Twitter
WhatsApp

काठमाडौं, ६ भदौ— चलचित्र विकास बोर्डले २०८२ साउन २९ गतेदेखि भदौ ४ गतेसम्म काठमाडौं उपत्यका सहित उपत्यकाबाहिरका विभिन्न जिल्लामा बक्स अफिस प्रणालीको अनुगमन गरेको छ।

बोर्ड सदस्य गणेश सुबेदीसहित २२ जनाको टोलीले गोरखा, तनहुँ, कास्की, रुपन्देही, नवलपरासी, पाल्पा लगायतका जिल्लामा गरी ६० वटा चलचित्रघर निरीक्षण गरेको बोर्डले जनाएको छ। अनुगमनका क्रममा अधिकांश हलले बक्स अफिस प्रणाली अनुसार टिकट बिक्री गरिरहेका थिए भने दुई वटा सिंगल थिएटरमा भने ‘सिस्टम बिग्रिएको’ भन्दै म्यानुअल टिकट बिक्री भइरहेको फेला परेको हो।

बोर्डलाई जानकारी नदिई म्यानुअल टिकट बिक्री गरेकाले ती हललाई नियमानुसार दण्ड–जरिवाना गरिने बोर्डले जनाएको छ। यसअघि २०८१ मंसिरमा १४ जिल्लामा गरिएको अनुगमनका क्रममा अवैधानिक रूपमा सञ्चालन भइरहेका ९ हल कारबाहीमा परेका थिए भने ३ हलमा जिल्ला प्रशासनको समन्वयमा ताल्चा लगाइएको थियो।

बोर्डका अनुसार नियमित अनुगमनले चलचित्रघर नियमनमा रहने, शुल्क समयमै बुझाउने र बक्स अफिस प्रणालीको कार्यान्वयन प्रभावकारी हुने देखिएको छ।

thecinemaxhub

/ सम्बन्धित समाचार /