

रोहित अधिकारी फिल्मस् प्रा ।लिको व्यानरमा निर्माण भएको चलचित्र ‘माइतीघर’को शीर्ष गीत सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा सञ्जिवनीको स्वर छ । ‘बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ बोलको गीतमा किरण खरेलको शब्द, स्वर्गीय जयदेवको संगीत छ । गीतको भिडियोमा नायिकाद्धय उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पाले नृत्य गरेका छन् ।
यो गीतको ओर्जिनल भर्सनमा गायिका आशा भोस्लेको स्वर समावेश थियो । ‘माइतीघर’ नामक पुरानो नेपाली फिल्मको बहुचर्चित गीतलाई निर्माता रोहित अधिकारी र उनको टिमले पुनः बजारमा ल्याएको हो । सो चकव्चित्र असोज १३ गते दशैंको फूलपातीबाट रिलिजमा आउँदैछ ।
मानकृष्ण महर्जन र सुशन प्रजापतिको छायांकन रहेको यो फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन छ ।
कविराज गहतराजले यो गीतको भिडियोको कोरियोग्राफी गरेका हुन् ।
मिलन तामाङको निर्देशनमा तयार भएको यो फिल्ममा रबिन शेरचन र धिरज तामाङको लगानी छ । ईश्वर श्रेष्ठ र निरज कटुवाल कार्यकारी निर्माता रहेको फिल्ममा रामशरण पाठकको लेखन छ ।
उक्त फिल्ममा केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतका कलाकारहरुको अभिनय छ । चन्द्रकुमार दोङको कथा रहेको फिल्मको सो गीतको भिडियो प्रतियोगीताको समेत घोषणा भइसकेको छ । ४० सेकेन्डदेखि २ मिनेटसम्मको भिडियो बनाउनेमध्ये एक जना उत्कृष्ट दर्शकलाई ५ लाख नगद पुरस्कार दिने घोषणा फिल्मका प्रस्तुतकर्ता रोहित अधिकारीले गरिसकेका छन् ।

video link: https://www.youtube.com/watch?v=1LPA0qSJTBs














