The Cinemax Hub

‘रिमै’ दोस्रो गीत ‘छुटिसकेको रिमै’ सार्वजनिक

Facebook
Twitter
WhatsApp

आगामी शुक्रबार अर्थात् भदौ २० गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘रिमै’को दोस्रो गीत ‘छुटिसकेको रिमै’को लिरिकल भिडियो सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गीतमा थानेश्वर गौतम र शारदा रसाइलीको स्वर छ ।

गायक थानेश्वर गौतमकै संगीत र कवि श्रवण मुकारुङको शब्द रचना अनि नारायण दंगलको एरेञ्ज छ । यो गीतको सार्वजनिक भिडियोमा सिनेमाका मुख्य कलाकार दयाहाङ राई र रिश्मा गुरुङका चल अचल दृश्य समेटिएका छन् । यो गीतले सिनेमाप्रती दर्शकमाझ उत्साह पैदा गर्ने देखिन्छ । सिनेमाका यसअघि सार्वजनिक गीत, पोस्टर, टिजर तथा ट्रेलरले दर्शकमाझ राम्रो हाइप पाइसकेका छन् ।

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको सिनेमामा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको पनि अभिनय रहेको छ ।

कवि तथा निर्देशक उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । वीरवल घले कार्यकारी निर्माता रहेको सिनेमामा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्मातामा छन् ।

खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको सिनेमामा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादन रहेको छ । यो सिनेमा आगामी भाद्र २० गतेबाट देशब्यापी प्रदर्शनमा आउँदैछ ।

Cinemax Hub

/ सम्बन्धित समाचार /