The Cinemax Hub

‘दसैँ–तिहार मुभी मेला’: पिताम्बरदेखि फेरी रेशम फिलिली घरमै हेर्न पाइने

Facebook
Twitter
WhatsApp

काठमाडौं – यस पटकको बडा दसैँ तथा तिहारको अवसरमा नेपाली चलचित्र हेर्न चाहने दर्शकका लागि खुसीको खबर छ। नेपालीहरूको महान् पर्वहरू  दसैँ–तिहारलाई लक्षित गर्दै नेपाली ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले ‘दसैँ-तिहार मुभी मेला’ सार्वजनिक गरेको छ, जसमा अहिलेका चर्चित नेपाली चलचित्रहरू ‘पिताम्बर,’ ‘गाउँ आएको बाटो,’ ‘होस्टेल ३,’ र ‘फेरी रेशम फिलिली’ रिलिज भएका छन्।

विभिन्न शैली र कथावस्तु समेटिएका यी चलचित्र दर्शकलाई मनोरञ्जन दिने उद्देश्यले डिजिटल प्लेटफर्ममार्फत उपलब्ध गराइएका हुन् । दर्शकले यी चलचित्रहरू गुगल प्ले स्टोर, एप स्टोर, एन्ड्रोइड टिभी, अमेजन फायर टिभी, सामसुङ स्मार्ट टिभी, एलजी वेबओएस लगायतमा ‘सिनेमाघर एप’ डाउनलोड गरी तथा क्रोमकास्ट गरी सहजै हेर्न सक्नेछन् । साथै, वेब ब्राउजर प्रयोग गरी कम्प्युटरमा समेत हेर्न सकिने बताइएको छ।

नेपालकै प्रमुख चाडपर्व दसैँ–तिहारको माहौललाई अझ रमाइलो बनाउन गरिएको यो पहलले नेपाली फिल्म उद्योगलाई डिजिटल प्लेटफर्ममा थप प्रोत्साहन दिने अपेक्षा गरिएको छ ।

Kumar Acharya

/ सम्बन्धित समाचार /