The Cinemax Hub

महेश–अस्मिताको ‘सोलफुल यु.एस.ए यात्रा’ सफलतापूर्वक सम्पन्न

Facebook
Twitter
WhatsApp

काठमाडौं :

चर्चित साङ्गीतिक जोडी महेश काफ्लेअस्मिता अधिकारीको ‘सोलफुल यु.एस.ए म्युजिकल यात्रा’ सफलतापूर्वक सम्पन्न भएको छ। यो जोडीले अमेरिकाको १५ भन्दा बढी शहरमा विभिन्न साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिएका थिए।

यस म्युजिकल यात्रालाई थ्री ई इन्टरटेन्मेन्टले फिचर्ड गर्दै आयोजना गरेको थियो। करिब साढे २ महिनासम्म यात्रा भर्जिनिया, टेक्सस, फ्लोरिडा, नर्थ क्यारोलाइना, पेन्सिलभेनिया, मेरिल्यान्ड लगायतका राज्यमा सम्पन्न भएको थियो।

भर्जिनियाको एसबर्नमा आयोजित दसैं–तिहार फेस्टिभल र टेक्ससको ड्यालसमा आयोजित म:म फेस्टिभलमा महेश–अस्मिताको जोडीलाई हेर्न १५००० भन्दा बढी दर्शक उपस्थित भएका थिए। आयोजक 3 E Entertainment का सुरेश सापकोटाले जानकारी दिए। उनले भने, “सोलफुल यु.एस.ए म्युजिकल यात्रा सफलतापूर्वक सम्पन्न भएको छ र दर्शकहरूले महेश र अस्मिताको जोडी निकै रुचाएका छन्।”

महेश र अस्मिताले बताए अनुसार, परदेशमा रहनु भएका नेपालीसँग तिज, दशैं, तिहार जस्ता महत्त्वपूर्ण चाडहरू सँगै मनाउँदै प्रस्तुति दिन पाउनु रमाइलो अनुभव रह्यो।

Kumar Acharya

/ सम्बन्धित समाचार /