The Cinemax Hub

‘मन बिनाको धन’को टोली विद्यालयमा पुग्यो, विद्यार्थीबीच उत्साह

Facebook
Twitter
WhatsApp

काठमाडौं । यही शुक्रबार (कात्तिक २१ गते) बाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘मन बिनाको धन’का कलाकारहरूले बुधबार राजधानीका विभिन्न विद्यालय पुगेर प्रचार–प्रसार गरेका छन्।

फिल्मका प्रमुख कलाकार अशोक दर्जी, नीता ढुंगाना, एआर बुढाथोकी,रमेश विश्वकर्मा, निर्माता मिनु शर्मा (सपना),सहनिर्माता बिबेक नेपाल र क्रियटिभ निर्देशक टिकाराम बुढाथोकी सहितको टोलीले विद्यार्थीलाई फिल्म हेर्न अनुरोध गरेको हो।

अशोक दर्जीले आफू अध्ययन गर्ने मेरिगोल्ड इङ्लिस बोर्डिङ स्कूल, एआर बुढाथोकीले पढेको बेबिलन स्कुल र साम्राज्ञी राज्य लक्ष्मी थापाले पढेको केएमसी स्कूल पुगेर आफ्ना पुराना शिक्षक र विद्यार्थीहरूसँग भेटघाट गरेका थिए।

फिल्ममा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, नीता ढुंगाना, रमा थपलिया, भोला सापकोटा, बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन पोखरेल, विजय डंगोल लगायतका कलाकारले अभिनय गरेका छन्।
टंक बुढाथोकीले लेखन, संगीत र निर्देशन गरेको यो फिल्म टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको हो। फिल्मका निर्माता विष्णुमाया मैनाली र कार्यकारी निर्माता सपना शर्मा (मिनु शर्मा) हुन्। जीपी संग्रोला, बिबेक नेपाल र बिजया पाण्डे सहनिर्मातामा रहेका छन्।

फिल्मका पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका हुन् भने छायांकन सौरभ लामाले गरेका छन्। फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दैछ।

thecinemaxhub

/ सम्बन्धित समाचार /