The Cinemax Hub

सम्राट र श्रृष्टि फिचर्ड उर्मिलाको ‘ख्रीष्टको प्रेममा’ सार्वजनिक(भिडियोसहित)

Facebook
Twitter
WhatsApp

काठमाडौँ । गायिका उर्मिला लाम्गादेको नयाँ ख्रीष्टियन म्युजिक भिडियो ‘ख्रीष्टको प्रेममा’ सार्वजनिक भएको छ। गीतमा शब्द तथा संगीत शंकर थापा ‘स्माइल’को रहेको छ भने संगीत संयोजन बिशम आचार्यले गरेका हुन्।

केशव राज भट्टको निर्देशन तथा कोरियोग्राफीमा तयार गरिएको म्युजिक भिडियोमा सम्राट अधिकारी, श्रृष्टि सुब्बा र देवेन्द्र बरालको अभिनय देख्न सकिन्छ। गीतको भावअनुसार सरल तर गहिरो दृश्य–संयोजनमार्फत ख्रीष्टियन प्रेम–सन्देशलाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको निर्माण टिमको भनाइ छ।

अजय रेग्मीले छायांकन गरेको यस भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन्। ख्रीष्टमसको आत्मिक भावलाई ध्यानमा राख्दै तयार पारिएको यो म्युजिक भिडियो स्वयम् गायिका उर्मिला लाम्गादेको युट्युब च्यानल “उर्मिला लाम्गादे” मार्फत सार्वजनिक गरिएको हो।

निर्माण टिमका अनुसार, यस गीतले ख्रीष्टमसलाई केवल उत्सव मात्र नभई येशू ख्रीष्टको प्रेम र बलिदानलाई स्मरण गर्ने अवसरका रूपमा बुझ्न प्रेरित गर्ने विश्वास गरिएको छ।

Kumar Acharya

/ सम्बन्धित समाचार /