The Cinemax Hub

नीता ढुंगाना–हरिहर अधिकारीको ‘पार्वती’ टिमद्वारा ११ लाख सहयोग

Facebook
Twitter
WhatsApp

काठमाडौं । गत मंगलबार रसुवा जिल्लाको भोटेकोशीमा आएको अकल्पनिय बाढीले ठुलो जनधनको क्षति गर्यो। रसुवा,नुवाकोट,धादिङ लगायत आसपासका जिल्लामा बाढीको क्षतिको विवरण अझैँ आउन बाँकी छ। सोही बाढी पिडितका लागि हलमा प्रदर्शनरत फिल्म ‘पार्वती’को टिमले प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा ११ लाख ३ हजार २७० रुपैया रकम प्रदान गर्ने घोषणा गरेका छन्। अर्थमन्त्रालय पुगेर अर्थमन्त्री स्वर्निण वाग्लेलाई निर्देशक नीता ढुङ्गाना, निर्माता हरिहर अधिकारी,कार्यकारी निर्माता शंकर पाण्डे,वितरक करण श्रेष्ठका साथै वरिष्ठ पत्रकार प्रकाश सुवेदीले प्रदान गरेका हुन्।

 शुक्रबार देशभरबाट घरेलु बक्सअफिसमा २५ लाख ९३ हजार रुपैयाँ ग्रस कमाइबाट निर्माताले पाउने कुल रकम कोषलाई प्रदान गरिएको हो।
यस फिल्मकी निर्देशक नीता ढुङ्गानाले आफुले यो कल्पनिय घटनामा परेका पिडितलाई राहत स्वरुप उक्त रकम सरकारी कोषमा जम्मा गरेको बताईन्। उनले भनिन्,‘निर्माताको भागमा आउने ११ लाख ३ हजार २७० रुपैयाँ प्रधानमन्त्री कोषमा प्रदान गरेका छौँ। यो रकमले बाढी पिडितका लागि थोरै भए पनि राहत मिल्न सक्छ।’
निर्देशक ढुंगानाले आफूले पैसा कमाउन मात्र नभएर कर्मको लागि पनि भोटेकोशी बाढी पीडितलाई रकम प्रदान गरेको बताईसकेकी छन्। उनको यो महानकार्यको चौतफी प्रशंसा भइरहेको छ।

उनले यो फिल्म चलुन्जेलको ५% बाढी पिडितलाई दिने निर्णय गरेको बताएकी छन्।
निर्माता हरिहर अधिकारले अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत रकम कोषमा प्रदान गरेको बताए। उनले भने,‘हामीले पहिलो दिनको रकम कोषमा राखेका हौँ। यो बाहेक छुट्टै पनि कोषको क्यआरमा राखिदिएका छौँ।’
यस फिल्मका अर्का अभिनेता तथा बालगायक अशोक दर्जीले पनि २५ हजार कोषमा जम्मा गरिदिएका छन्।
बाढी पिडितले सयौ घर बगाएको अवस्थामा फिल्म हेर्न दर्शक सोचे अनुसारको पुगेका छैनन्। तर निर्माण पक्षधर समय परिस्थितिको मारमा गरेका छन्। यस फिल्मका वितरक करण श्रेष्ठले फिल्मले दोस्रो दिन शनिबार देशब्यापी ४२ लाख रुपैयाँ ग्रस हाराहारीमा कमाएको जानकारी दिएका छन्। हिजो र आजको कमाई भने सार्वजनिक भइसकेको छैन।
यो फिल्मको सोमबार पनि देशभरका हलमा शो उल्लेखनिय मात्रामा छ। भोली मंगलबार देशभरका हलमा शो संख्या एक सय भन्दा बढि छ।  
निर्देशक नीताकै मुख्य भुमिका रहेको यो फिल्ममा अशोक दर्जी,दीपाश्री निरौला, सिरु विष्ट,राज पंगेनी शर्मा, राजेन्द्र नेपाली,आशा पौडेल,दिप्त प्रकाश अधिकारी, राधिका कँडेल लगायतको मुख्य भूमिका छ ।
निर्देशक ढुङ्गानाकै कथा तथा पटकथा,शिवम् अधिकारीको लेखन रहेको यो फिल्मका कार्यकारी निर्माता शंकर पाण्डे हुन्। हरिहर अधिकारी निर्माता रहेको यस फिल्मको वितरणको जिम्मा एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले लिएका छन्।

Kumar Acharya

/ ताजा अपडेट /

/ सम्बन्धित समाचार /