The Cinemax Hub

नबिन पन्तको लेखन–निर्देशनमा ‘बाकस’, भोला र शुपलाको इन्ट्री दशैंपछि छायांकन सुरु हुने

Facebook
Twitter
WhatsApp

काठमाडौं । नबिन पन्तको लेखन तथा निर्देशनमा बन्न लागेको नेपाली फिल्म ‘बाकस’मा भोलाराज सापकोटा र सुपला सापकोटो अनुबन्ध भएका छन्। निर्माण पक्षले भोला र सुपलालाई अनुबन्ध गरेसँगै छायांकनमा जाने निधो निकालेको छ।
फिल्मका निर्देशक पन्तले भोला र शुपलालाई फिल्म ‘बाकस’मा अनुबन्ध गरेसँगै अब दशैंपछि छायांकन थाल्ने बताए। उनले कुराकानीमा भने,‘फिल्मका लागि कलाकारहरुको टिम करिब करिब पुग्ने अवस्थामा।  अझै केहि कलाकार तथा प्राविधिकको छनोट अन्तिम टुंगो लगाउने काम भइरहेको छ। तर हामी सबै कुरा छिट्टै मिलाएर दसैंपछि सुटिङमा निस्किन्छौँ।’ यसअघि यो फिल्ममा बिपना थापा, वर्षा राउत र महेश त्रिपाठी अनुबन्ध भइसकेका छन्। ‘बाकस’को निर्माण सुजिता चौलागाईंले गर्नेछिन् भने छत्र बहादुर खड्का सह–निर्माता र धिरेन्द्र पन्त (धिरु भाइ) कार्यकारी निर्माता रहेका छन्।

फिल्ममा संगीत दीपक शर्मा र सनम पुरुष राईको रहनेछ। गीत तथा शब्दमा दीपक शर्मा र निर्देशक पन्तकै रहने छ भने मुख्य सहायक निर्देशकमा मनि तामाङ, द्वन्द्व निर्देशकमा किरण दाहाल र प्रोडक्सन म्यानेजरमा निर्मल न्यौपाने रहेका छन्। फिल्मको प्रदर्शन मिति भने अहिले तोकिएको छैन। निर्माण पक्षका अनुसार फिल्मको सुटिङ सकेपछि तोक्ने योजना रहेको छ।

Kumar Acharya

/ ताजा अपडेट /

/ सम्बन्धित समाचार /