The Cinemax Hub

प्रीमियरमा मन पराईयो ‘ककाकिकी’

Facebook
Twitter
WhatsApp

गौरी मल्ल र तृप्ति नाडकरको अन्तिम सिन हेरेर रेखा थापाले आशु झार्दै गर्दा महेश त्रिपाठीले तिमी रोएको हो भन्दै जिस्क्याए ।आफू अभिनीत फिल्म ककाकिकीको प्रीमियरमा पुगेकी रेखाले श्रद्धा प्रसाईँ र विक्की अग्रवाल निर्देशित फिल्मको प्रशंसा गर्दै आशु आउने गरी हासेको र परिस्थित अनुसार आशु समेत झरेको बताएकी छन् ।

यही शुक्रवार ११गतेबाट हलमा लाग्ने फिल्मको मङ्गलवार गरिएको प्रीमियरमा फिल्म राम्रो बनेको प्रतिक्रिया आएको थियो । प्रीमियरमा आकर्षणको केन्द्रमा लामो समय पछि अभिनयमा कम ब्याक गरेकी तृप्ति थिइन् भने निर्देशक श्रद्धा सेतो सारीमा अति नै आकर्षक देखिदा टिमका पुरुष पात्र विक्की, सरोज भण्डारी, विटि कान्छा, महेश शिशिर वाङदेल लगायतले लगाएको दौरा सुरुवालले धेरैको ध्यान खिचेको थियो । फिल्म हेर्न मदन कृष्ण श्रेष्ठ छोराको साथ पुगेका थिए भने अशोक शर्मा, शोभित बस्नेत, जय किसन बस्नेत, प्रमोद अग्रहरी, एलिस घिमिरे, दीपा शिम्खडा, अर्जुन सापकोटा, एलिना चौहान लगायत फिल्मकर्मी उपस्थित थिए ।


फिल्ममा तृप्ती नाडकर, रेखा थापा, दिया मास्के, सुवास गजुरेल, महेश त्रिपाठी, सुवर्ण थापा, गौरी मल्ल लगायतको अभिनय छ । ‘कमेडी दरबार’ टिमले निर्माण गरेको फिल्मको लेखक पनि बिक्कीसँगै विकास अर्याल र सरोज भण्डारी हुन् । यस्तै फिल्ममा स्क्रिन प्ले पनि बिक्की कै रहेको छ भने विश्वास तिम्सिना स्क्रिप्ट डाक्टरको रूपमा रहेका छन् । फिल्मको डिओपीको जिम्मा सुदिप बरालले सम्हालेका छन् । फिल्मको डिजिटल सर्वाधिकार ओएसआर डिजिटलसँग रहेको छ भने अन्तर्राष्ट्रिय सर्वाधिकार सेभेन सिज् इन्टरनेशनलसँग रहेको छ ।

Kumar Acharya

/ सम्बन्धित समाचार /