

ज्ञानेन्द्र देउजा निर्देशित सिनेमा ‘झिँगेदाउ’ शुक्रवारबाट प्रदर्शनरत छ । पहिलो दिन औसत व्यापार गरेको सिनेमाले शनिवार देशभरका मल्टीप्लेक्स र सिंगल थिएटरमा हाउसफुल व्यापार गर्यो । यसैले गर्दा देउजा आफ्नो कमब्याक सफल भएको बताउँछन् । ‘वर्ड अफ माउथ’ बलियो भएका कारण सिनेमा लामो रेसको घोडा बन्नेमा उनी विश्वस्त छन् ।
सिनेमाले आमा र सन्तानबीचको कथा भनेको छ । यही कारण काभ्रेको बनेपास्थित शुभकामना हलले सोमबारबाट लागू हुने गरी ‘झिँगेदाउ’ प्रदर्शन भइन्जेल जेष्ठ आमा बुवाहरुलाई निःशुल्क टिकट उपलब्ध गराउने घोषणा गरेको छ । सम्पूर्ण आमा बुवाहरुलाई सिनेमा देखाउने माहोल बनाउनका लागि शुभकामना हलले यो कार्यक्रम थालेको जनाएको छ ।
शुभकामना हलका सञ्चालकले ‘झिँगेदाउ’ हेर्दा आफु पनि इमोसनली अट्याचमेन्ट भएकाले सोमबारबाट सिनेमा जहिलेसम्म चल्छ, जेष्ठ आमा बुवाहरुलाई सित्तैमा सिनेमाको टिकट प्रदान गर्ने घोषणा गर्दै सबैलाई आफ्नो आमा बुवा लिएर सिनेमा हेर्न आउन अनुरोध गर्दछौं ।’














