The Cinemax Hub

हिन्दी र नेपाली दुवै भाषाको फिल्म प्रेम गीत ३ अब एकै मितिमा रिलिज गरिने

Facebook
Twitter
WhatsApp

बर्षको बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत ३’ असोज ७ गतेबाट रिलिज हुदैछ । नेपाली र हिन्दी दुई भाषामा तयार भएको फिल्मको प्रमोशनमा यतिबेला निर्माण टिम लागि परेकोछ। नेपाल र भारतमा दुई समुह बनाएर फिल्मको प्रमोशन भैरहेको छ। भारतका बिभिन्न शहरमा निर्माता तथा निर्देशक सन्तोष सेन, अभिनेता प्रदिप खड्का, नायिका क्रिष्टिना गुरुङ्ग , गायक पवनदिप प्रमोशनमा दौडधुप गरिरहेका छन्। नेपालमा कलाकार सुनिल थापा, प्रेम पुरी, मनिष राउत, गायक प्रताप दास लगायतको टोली प्रमोशनमा हिडिरहेका छन ।

Prem Geet 3

हिन्दी र नेपाली दुवै भाषाको फिल्म अब एकै मितिमा नेपाल रिलिज गरिने छ। असोज ७ मा नेपाल र भारतमा एकसाथ रिलिज हुने छ। निर्देशक सन्तोष सेनले जानकारी दिएका छन। प्रदीप र क्रिस्टिनाका अलावा,शिव श्रेष्ठ, सुनिल थापा, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, जीवन भट्टराई, योगिशा खत्री, राज थापालगायतको अभिनय रहेको छ । फिल्मलाई राजेश श्रेष्ठ र पुरुषोत्तम प्रधानले मिलेर खिचेका हुन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /