The Cinemax Hub

आगामी असोज १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा बाबरी टिम मोफलस टुरमा निस्कने

Facebook
Twitter
WhatsApp

आगामी असोज १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा बाबरी टिमले मोफलस टुरमा निस्कने भएको छ । निर्देशक सुरेन्द्र पौडेलले असोज ५ गते बिर्तामोडबाट सुरु गरिने मोफसल टुर देशका ६ ठुला सहरमा आयोजना गरिने बताए ।

सिनेमाको सार्वजनिक गीत संगीत र ट्रेलरले दर्शकमाझ राम्रो हाइप बनाएकाले पनि आफ्नो टिमले सिनेमाको प्रचार प्रसारमा कमी हुन नदिन मोफसल टुरको आयोजना गरिएको निर्देशक पौडेलको भनाई छ । बाबरी टिम असोज ६ गते इटहरी, ७ गते नारायणगढ, ८ गते बुटबल र ९ गते पोखरामा दर्शक साक्षात्कार गरेर काठमाडौं फकिर्ने छ ।

यस्तै ९ गतेबाट १२ गतेसम्म काठमाडौंका विभिन्न ठाउँमा सांगितिक भव्य कन्सर्टको आयोजना गर्दै सिनेमाको प्रचार गरिने निर्माण टिमले जानकारी दिएको छ । सुरेन्द्र पौडेलको निर्देशनमा बनेको सिनेमा क्रिकोणात्मक प्रेमककथामा आधारित छ ।

सिनेमामा अदिति बुढाथोकी, धिरज मगर, धिरज नाडकर, बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, धुर्व कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो थुङ्गोनलगायतका कलाकारहरुको अभिनय छ ।

ट्रेलर, गीत र स्टारकास्टका कारण चर्चामा रहेको सिनेमाले बक्सअफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ । सिनेमामा गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीको निर्माण रहेको छ । सिजन दाहाल, मनोज त्रिपाठी, रीत बोहरा र किशोर नेपालको लेखन रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, कालीप्रसाद बाँस्कोटा, सुजन चापागाईं र अनमोल गुरुङको संगीत, स्वयंम निर्देशक पौडेलले सम्पादन गरेका हुन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /