

शुक्रबार अर्थात् आज बाट नेपाली कथानक चलचित्र ‘महापुरुष’सार्वजनिक भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घर बाट प्रतिक्षीत चलचित्र ‘महापुरुष’ प्रदर्शनमा आएको छ। चलचित्र ‘महापुरुष’लाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् ।
चलचित्र ‘महापुरुष’ मा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ,रवीन्द्र सिंह बानियाँ, राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराइली, सिरु विष्ट, कोपिला थापा, शिखा तामाङ, कविता श्रेष्ठ, नरेश पौडेललगायतका कलाकारहरूको पनि अभिनय छ । यही सिनेमाबाट अरुण क्षेत्री र अञ्जना बराइलीले नेपाली रजतपटमा डेब्यु गरेका छन् ।
दीपक बज्राचार्यले खिचेको सिनेमामा कालीप्रसाद बाँस्कोटा र रिदम कँडेलको संगीत, शंकर महर्जनको एक्सन, वाइल्ड रीपर्जको कोरियोग्राफी र मित्र डी. गुरुङको सम्पादन छ ।षट्कोण आर्ट्सको ब्यानरमा निर्मित सिनेमामा रवीन्द्र सिंह बानियाँको कार्यकारी निर्माण छ । म्याक्स दीपेश खत्री सिनेमाका निर्माता हुन्।

काठमाडौं ,चितवन लगायतको ठाउमा चलचित्रको प्रिमियरमा सबैको उत्कृस्ट तारिफ पाउन सफल चलचित्र ‘महापुरुष’राम्रो व्यापार गर्ने अनुमान गरिएको छ ।‘जात्रा’, ‘शत्रुगते’ र ‘जात्रै जात्रा’ जस्ता सफल चलचित्र निर्देशन गरिसकेका प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेकोले चलचित्रमा दर्शक साथ रहने अनुमान रहेको छ ।













