The Cinemax Hub

गुञ्जन फिल्मको नयाँ पोष्टर सार्वजनिक

Facebook
Twitter
WhatsApp

आगामी पुस २९ गतेबाट प्रदर्शनमा आउँने फिल्म हो ‘गुञ्जन’ । प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले फिल्मको प्रचार प्रसार समेत ब्यापक बनाएको छ ।यस्तैमा फिल्मको नयाँ पोष्टर सार्वजनिक भएको छ । सार्वजनिक पोष्टरमा अभिनेत्री सारा सिर्पाली र प्रितमराज सेन्चुरीलाई रोमान्टिक मुडमा देख्न सकिन्छ ।

अष्ट महर्जनको निर्देशन रहेको फिल्ममा सारा र प्रितमको अलवा सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय छ ।

विगत २ दशकदेखि फिल्मको द्वन्द्व निर्देशन गर्दै आएका अष्ट महर्जनको यो निर्देशन डेब्यु फिल्म हो । प्रितमराजले पनि यसै फिल्मबाट अभिनयमा डेब्यु गरेका हुन् ।

हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । विशुद्ध प्रेमकथामा निर्माण भएको फिल्मको वितरण काठमाडौंमा जीजीए ग्रुप र काठमाडौं बाहिर एफडी कम्पनीले गर्दैछ ।

Cinemax Hub

/ सम्बन्धित समाचार /