The Cinemax Hub

चलचित्र ‘आकाशे खेती’ यु ट्युबमा सार्वजनिक

Facebook
Twitter
WhatsApp

चलचित्र ‘आकाशे खेती’ यु ट्युबमा सार्वजनिक गरिएको छ । उदय सुव्वाको लेखन तथा निर्देशन रहेको चलचित्रमा गौरव पहारी, नीता ढुंगाना, विल्सन बिक्रम राई(तक्मे बुढा), बुद्धि तामाङ, रमा लिम्बु, शिशिर वाङदेल, रबिन्द्र झा, जयनन्द लामा, लक्षु शर्मा, प्रकाश शर्मा, कृषा गुरुङ, अनुप याक्सो, रजनी गुरुङ आदि कलाकारले अभिनय गरेका छन् ।

एसएस इन्टनेशनल फिल्मस् तथा तक्मे प्रोडक्सनको व्यानरमा निर्माण भएको यो फिल्मलाई केदार उप्रेती, जीवन सुव्वा, राजेन्द्र चोङवाङ र दिल प्रकाश याक्सोले निर्माण गरेका हुन् । चलचित्रमा बिक्रम डिसीको छायांकन, राजु किरातीका द्वन्द, रामजी लामिछाने र राजिवको नृत्य तथा सुजन बडालको सम्पादन रहेको छ । चलचित्र यतिबेला यु ट्युब ट्रेण्डिङ्ग नम्बर वनमा छ। ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत ३ दिन अघि सार्वजनिक फिल्मले झन्डै एक मिलियन भ्युज पाएको छ।

Cinemax Hub

/ सम्बन्धित समाचार /