The Cinemax Hub

सिनेमा ‘छड्के २’को एक गीतमा चर्चित र्यापर भिटेनले स्वर भरेका छन्

Facebook
Twitter
WhatsApp

आगामी फागुन १९ गतेबाट रिलिज हुने प्रतिक्षित सिनेमा ‘छड्के २’को एक गीतमा चर्चित र्यापर भिटेनले स्वर भरेका छन् । बुधबार काठमाडौंको एक स्टुडियोमा रेकर्ड गरिएको सिनेमाको गीतमा भिटेनले स्वर भरेका हुन् ।

यो गीतको शब्द रचना तथा संगीत पनि भिटेन स्वयंमले तयार पारेका हुन् । कथा सुहाउँदो भएकै कारण आफुहरुले भिटेनको गीत सिनेमामा समावेश गरेको निर्माता प्रशान्त गिरीले बताए । अनमोल केसीको मुख्य भुमिका रहेको सिनेमा पोस्टर सार्वजनिक भएसँगै चर्चाको शिखरमा छ ।

ग्याङस्टर जनरामा निर्माण भएको सिनेमामा अनमोलको भिन्न लूक्स देख्न सकिन्छ । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण भएकको सिनेमामा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आले मगर मुख्य भूमिकामा छन् । सिनेमाको चितवन र मुस्ताङमा छायांकन गरिएको छ ।

काभ्रे फिल्म्सको व्यानरमा निर्माण भएको सिनेमासँग मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन् । निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेका सिनेमाको कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् । ‘छड्के २’ रिभेन्ज ग्याङस्टर सिनेमा हो ।

Cinemax Hub

/ सम्बन्धित समाचार /