The Cinemax Hub

अभिनेता विपिन कार्की झरना थापाको निर्देशनमा निर्माण हुने सिनेमा ‘भागवत गीता’मा अनुबन्धित

Facebook
Twitter
WhatsApp

अभिनेता विपिन कार्की झरना थापाको निर्देशनमा निर्माण हुने सिनेमा ‘भागवत गीता’मा अनुबन्धित भएका छन् । बुधबार निर्माण र अभिनेता कार्कीबीच औपचारिक रुपमा लिखित सम्झौता भएको हो ।

सिनेमाको मुख्य भुमिकामा यसअघि नै अभिनेत्री सुहाना थापा र धिरज मगर फाइनल भैसकेकका छन् । केही दिन अगाडी सिनेमामा सौगात मल्ललाई साइन गरेको चर्चा थियो । तर, यो सबै हल्लालाई चिर्दै निर्माण टिमले बुधबार विपिन कार्कीसँग सिनेमा लागि सम्झौता गरेको हो ।

सिनेमामा धिरजको जोडी अभिनेत्री सुहाना थापासँग बाँधिनेछ । युवापुस्तामा लोकप्रिय सुहाना र धिरजको यो सहकार्य दर्शकको लागि प्रतिक्षित थियो । सुनिलकुमार थापाले निर्माण गर्ने सिनेमाको तीन महिना अगाडी औपचारिक घोषणा गरिएको थियो । मिथिलाको प्रांगणमा खिचिएको ‘अनाउन्समेन्ट टिजर’ले सिनेमाको हाइप बनाउन सहयोग पुर्याएको थियो ।

सुहाना इन्टरटेनमेन्टको प्रस्तुति र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण हुने सिनेमामा संजय लामाको छायांकन, प्रवेश मल्लिकको ब्याकग्राउन्ड स्कोर, रामजी लामिछानेको कोरियोग्राफी, काव्या थापाको शृंगार र शाहील खानको सम्पादन रहनेछ । हाल स्किृप्ट लेखनको कार्य अन्तिम चरणमा रहेकाले सिनेमा माघ २० गतेबाट फ्लोरमा जानेछ ।

जनकपुर र मनाङमा छायांकन गरिने सिनेमालाई त्रिनेत्रम डिष्ट्रिब्युसनले उपत्यकाबाहिर र काव्या फिल्म्सले काठमाडौंमा वितरण गर्दैछन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /