The Cinemax Hub

फिल्म ‘नम्बरी सुन’को एक गीत ‘म वर तिमी पिपल’कोे दोलखास्थित कालिञ्चोकमा छायांकन

Facebook
Twitter
WhatsApp

काठमाडौं । केही समयअघि छायांकन सकेर पोष्ट प्रोडक्सनमा रहेको फिल्म ‘नम्बरी सुन’को एक गीत ‘म वर तिमी पिपल’कोे दोलखास्थित कालिञ्चोकमा छायांकन गरिएको छ । राजु गिरीको निर्देशनमा निर्माण भैरहेको फिल्मको यो गीतमा प्रताप दास र अनु चौधरीको स्वर तथा अर्जुन पोखरेलको शब्द र संगीत छ ।

गीतमा फिल्मका प्रमुख कलाकार गौरव पहाडी र नम्रता सापकोटा फिचर्ड छन् । उनीहरुलाई कोरियोग्राफर रामजी लामिछानेले नँचाएका छन् ।
आगामी भाद्र १ गतेबाट प्रदर्शनमा आउने फिल्ममा नारायण खातीको शब्द, कथा र प्रस्तुति छ । फिल्ममा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारीलगायतका कलाकारको अभिनय रहेको छ ।
सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद र सरोज खाती, सविन खाती र मनोज रिजालको लगानी छ ।

फिल्ममा राजेशपायल राई, शान्तिश्री परियार, प्रताप दास र अनु चौधरीको स्वर, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामीछानेको नृत्य, समीर मियाँको भिएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व, गौतमराज खड्काको सम्पादन छ ।

Cinemax Hub

/ सम्बन्धित समाचार /