The Cinemax Hub

रमेश बलायरको कविता संग्रह ‘मनको विम्बबाट’ लोकापर्ण

Facebook
Twitter
WhatsApp

रमेश बलायरको कविता संग्रह ‘मनको विम्बबाट’ लोकापर्ण गरिएको छ।

बुधबार एक कार्यक्रमबीच आख्यानकार एवम् लेखक बुद्धिसागर र पूर्व गृहसचिव गोविन्द कुसुमको प्रमुख आतिथ्यतामा पुस्तकको लोकापर्ण गरिएको हो।

साझा प्रकाशनले प्रकाशन गरेको पुस्तकमा ३७ वटा कविता समावेश गरिएको छ।

१८८ पृष्ठको कविता संग्रहमा लेखक बलायरले आफ्ना जीवनका अनुभूतिलाई दर्शाउन खोजेका छन्। उनले कवितामा आफ्नो राष्ट्रप्रतिको चिन्ता, जीवनका भोगाइ, महिला सशक्तिकरणका कुरा र हालको राजनीतिक परिदृश्यलाई व्यंग्यात्मक ढंगबाट प्रस्तुत गरेका छन्।

समारोहमा बुद्धीसागरले यस कविता संग्रहले आफूलाई समेत विगतमा फर्किएर आफ्नो जीवन संघर्ष र बाल्यकाललाई नियाल्न बाध्य बनाएको बताए। साथै उनले कविता लेखनले मानिसलाई मनोरञ्जन मात्र दिने नभई मानसिक स्वास्थ्य व्यवस्थापनमा पनि उत्तिकै भूमिका खेल्ने बताए।

Cinemax Hub

/ सम्बन्धित समाचार /