The Cinemax Hub

राजु गिरीको निर्देशनमा नेपाली सिनेमा ‘मेयर साहेब’ निर्माण हुने

Facebook
Twitter
WhatsApp

राजु गिरीको निर्देशनमा नेपाली सिनेमा ‘मेयर साहेब’ निर्माण हुने भएको छ । शुक्रबार निर्देशक गिरीले सिनेमाको टाइटल पोस्टर सार्वजनिक गर्दै सिनेमाको निर्माण घोषणा गरेका हुन् ।

आगामी भाद्र महिनाबाट फ्लोरमा जाने सिनेमाको लागि अहिले कलाकार छनोटको काम भैरहेको छ । चाँडै सिनेमाको कास्ट एण्ड क्रिउको जानकारी दिने तयारी निर्माण टिमको छ । राजनितिक बिषयमाथि निर्माण हुने सिनेमाको हाल प्रि-प्रोडक्सन र कथा लेखनको काम भैरहेको छ ।

बिनिता फिल्मस्को प्रस्तुतिमा निर्माण हुने सिनेमामा बिनिता गुरुङ र मौषमी महर्जनको लगानी रहनेछ । सिनेमाका भोजराज देवकोटाको कथा, पटकथा तथा संवाद र अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत रहनेछ । नारायण खाती सिनेमाका सह-निर्माता हुन् ।

निर्माता खाती प्रस्तुतकर्ता र निर्देशक राजु गिरीको निर्देशन रहेको सिनेमा ‘नम्बरी सुन’ प्रदर्शनको तयारीमा छ । यो सिनेमा आगामी भाद्र १ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुँदैछ ।

Cinemax Hub

/ सम्बन्धित समाचार /