The Cinemax Hub

सिनेमा परस्त्रीको बुधबार साँझ कमलपोखरीस्थित बिग मुभिजमा भव्य प्रिमियर शोको आयोजना

Facebook
Twitter
WhatsApp

आज बिहीबारबाट प्रदर्शनमा आएको सिनेमा परस्त्रीको बुधबार साँझ कमलपोखरीस्थित बिग मुभिजमा भव्य प्रिमियर शोको आयोजना गरिएको थियो । सिनेमा हर्ने हलमा सिनेमाकर्मीदेखि रंग पत्रकारसम्मको बाक्लो भिड लागेको थियो । सिनेमा हेरेर निस्कँदै गर्दा सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको सिनेमालाई मन पराए ।

प्रिमियर शोमा सिनेमा हेर्ने सिनेमाकर्मी र रंग पत्रकार सिनेमामा कलाकारकको अभिनय डेव्यु निर्देशक सुरज पाण्डे र दिपेन्द्र के खनालको लेखनको उच्च प्रशंसा गरेका थिए । बुधबार परस्त्री हेर्न हलमा निर्देशक ज्ञानेन्द्र देउजा, दिवाकर भट्राई, अभिनेता खगेन्द्र लामिछाने, मुकुन भुषाल, निश्चल खड्का, कबिर खड्का, अभिनेत्री स्वस्तिमा खड्का, अन्जना बराईली लगायत पुगेका थिए ।

दर्शकलाई सिनेमा ‘परस्त्री’ दीपेन्द्र र सुरजको गठबन्धनको बलियो उपहार भएको बुझाई उपस्थित सिनेमाकर्मी र पत्रकारको थियो । बुधबार आयोजित सिनेमाको प्रिमियरमा विशेष गरि निर्देशक सुरज पाण्डेको कामको सबैले मुक्तकण्ठले प्रशंसा गरे । आमाको चाहना पुरा गर्न सिनेमा ‘लभ लभ लभ’मा नायकको रुपमा काम गरे पनि सुरजको सपना भने निर्देशक बन्ने थियो । उनले, सिनेमा ‘परस्त्री’बाट निर्देशनमा बलियो संभावना देखाएका छन् ।

सस्पेन्स थ्रीलर कथामा निर्माण भएको सिनेमालाई सुरजले २ घण्टाको कसिलो फ्रेम भित्र बाँधेका छन् । यसैले, सिनेमाको कथावस्तु र प्रस्तुतिले २ घन्टा दर्शकलाई आँखा झिमिक्क पार्न पनि पनि नदिने निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले बताए । सिनेमाबाट सुरजले सस्पेन्स थ्रीलर कथामा कसरी काम गर्नुपर्छ भन्ने पनि गतिलो उदाहरण रहेको बुझाई उनको छ ।

श्रीमान् श्रीमतीको जीवनमा आउने उतारचढाव र गलत केटासँग बिहे गर्दा युवतीले भोग्ने पिडाको कथामा सिनेमा निर्माण भएको छ । सिनेमाका मुख्य ३ कलाकारहरू कोशिश क्षेत्री, गौरव विष्ट र शिल्पा मास्केको कामका प्रशंसा भैरहेको छ । उनीहरूले सिनेमामा गरेको अभिनयको उच्च प्रशंसा गर्नै पर्ने बुझाई सिनेमाकर्मीको थियो । कलाकारको उत्कृष्ट कामका कारण पनि सिनेमा उत्कृष्ट बनेको विश्वास उपस्थीत पाहुनाको छ ।

सिनेमाको प्रिमियरमा पुगेकी अभिनेत्री स्वस्तिमा खड्काले निर्देशक सुरज र कलाकारहरूको कामको खुलेरै तारिफ गरिन् । उनले भनिन्, सुरजले आफुलाई लभ लभ लभमा आफुलाई एउडटा राम्रो कलाकारको रुपमा चिनाएको थियो । आफैले स्क्रिन सेयर गरेको कलाकारले यस्तो राम्रो सिनेमा निर्देशन गरेकोमा आफुलाई गर्व लगेको बताइन् । आफुले परस्त्री हेरेपछि निर्देशनमा सुरजको भविष्य उज्वल देखेको भन्दै प्रशंसा गरिन् ।

विवाहोत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथाबस्तुमा निर्माण भएको सिनेमाको निरज कँडेल छायांकन गरेका हुन् । सुरज पाण्डेको डेव्यु निर्देशन रहेको सिनेमामा कोशिस, शिल्पा र गौरवका अलवा अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय रहेको छ ।

सिनेमामा शर्मिला पाण्डे र दीपेन्द्र के खनालले निर्माणमा सहकार्य गरेका छन् । खनाल सिनेमाका लेखकसमेत हुन् । सिनेमालाई जिजिए ग्रुप र डिसिएनले वितरण गर्दैछन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /