The Cinemax Hub

सिनेमा अदृश्यको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ

Facebook
Twitter
WhatsApp

अभिनेता प्रमोद अग्रहरी, सोहित मानन्धर र रिस्ता बस्नेतको मुख्य भुमिका रहेको सिनेमा अदृश्यको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । प्रल्हाद काफ्लेको निर्देशनमा निर्माण भएको सिनेमा आगामी साउन १९ गतेबाट प्रदर्शनमा आउने भएको हो ।

सिनेमाको सार्वजनिक पोस्टरमा अभिनेता प्रमोद अग्रहरीलाई लामो दाह्री, कपालमा हेल्मेट र हातमा पेस्तोलसहित भिन्न अवतारमा प्रस्तुत गरिएको छ । उनको लुक्सले दर्शकमाझ कौतुहल्ता पैदा गर्ने देखिन्छ, भने पोस्टरमा सोहित र रिस्ताले कुनै अकल्पनिय घटना देखेर अचम्मीत भएको भावमा देखिन्छन् ।

पिताम्बर फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमाको निर्मातामा मिना बस्नेत रहेकि छिन सह निर्मातामा सिएम भारद्वाज सुवेदी,रहेका छ्न। प्रविन खतिवडा, छुल्ठिम गुरुङ, रवी गिरी, सिएम भारद्वाज सुवेदी, विकेश प्रजापती, गीत बिष्ट, सुरज बिष्ट, जसिता घिमिरे, सन्दीप बाबु लोहनी, रुपेश दाहाल, सलिन बज्राचार्य, अजित रेग्मी, रुपेश थापा, अभिमान सिंह बस्नेत र प्रतिक भुजेल लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

आकाश उखेडाको कथा, पटकथा तथा संवाद, उत्तम हुमागाई र मोहन कुमार झिल्लुको छायांकन, विशाल पौडेलको संगीत, संगीतकार पौडेल र सिमा संग्रौलाको गायन, शिशिर खातीको कोरियोग्राफी, मुकेश शाहको पाश्र्व संगीत, निशान घिमिरेको कलर, बनिश शाहको सम्पादन रहेको सिनेमाका प्रोडक्सन म्यानेजर प्रकाश बुढाथोकी र दिलिप पन्त हुन् बिश्व खड्का प्रोडक्सन डिजाइनर रहेको छ्न।। । सिनेमालाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

Cinemax Hub

/ सम्बन्धित समाचार /