The Cinemax Hub

हामी तीन भाई’को मुख्य अभिनेत्रीको रुपमा आश्मा गिरी अनुबन्धित भएकी छन्

Facebook
Twitter
WhatsApp

निर्देशक मधुसुदन भट्टराईको निर्देशनमा निर्माण हुने सिनेमा ‘हामी तीन भाई’को मुख्य अभिनेत्रीको रुपमा आश्मा गिरी अनुबन्धित भएकी छन् । उनी ‘ड्रिमगर्ल’ पश्चात ठुलो पर्दामा कमव्याक गर्न लागेकी हुन् ।

सिनेमाको गत शुक्रबार गोरखाको मनकामना मन्दिरमा स्कृप्ट पुजा गर्दै औपचारिक रुपमा निर्माण घोषणा गरिएको थियो । साउन दोस्रो हप्ताबाट फ्लोरमा जाने तयारीमा रहेको सिनेमाको अहिले कलाकार छनोट र प्रिप्रोडक्सनको काम धमाधम भैरहेको छ । सिनेमाको मुख्य भुमिकामा यसअघि नै अभिनेता विनोद न्यौपाने, कुशल बिष्ट र जाहानवी बस्नेत फाइनल भसकेका छन् ।

निर्माण टिम सिनेमाको मुख्य भुमिकाको लागि अझै एक अभिनेत्रीको खोजी गरिरहेको छ । निर्देशक भट्टराईको कथा रहेको सिनेमाको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् ।

प्रसिद्धि सिने आर्टस्को ब्यानरमा निर्माण हुने सिनेमामा राजाराम पौडेल, रवीन्द्र झा, बिष्णु सापकोटा (हर्के हवल्दार),बिकास चापागाईं दीपक बिडारी, फलित राई, तारा शर्मा, भुवन कुमार काफ्ले, नयन कला फुयाँल र पवन केसीको पनि अभिनय रहनेछ । साजित महत प्रस्तुतकर्ता रहेको सिनेमाका कार्यकारी निर्माता विक्रम तामाङ हुन् । त्रिरत्न श्रेष्ठ निर्माता रहेको सिनेमाको सह-निर्मातामा प्रतिमा थापा पोखरेल, भक्तलाल श्रेष्ठ र बिशेष सहयोगीमा शम्भु कुमार केसी र मनोज श्रेष्ठ रहेका छ्न।

शिव ढकालको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्धन्द्व निर्देशन, एसबी सापकोटाको संगीत, अशोक रोक्काको मेकअप, रेनिश फागोको कलर, एलिस कार्कीको पाश्र्वसंगीत, मिक्सिङ मुकेश शाह, भिएफएक्स समिर मियाँ, बनिष शाहको सम्पादन रहेको सिनेमाका मुख्य सहायक निर्देशक रामजी राउत र ज्ञान कुमार कट्टेल तथा सहायक निर्देशक दिनेश कार्की हुन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /