The Cinemax Hub

फिल्म ‘गोर्खा वारिअर’को ट्रेलर सार्वजनिक

Facebook
Twitter
WhatsApp

केही अगाडि लन्डनमा वर्ल्ड प्रिमिएर भएको फिल्म ‘गोर्खा वारिअर’को ट्रेलर सार्वजनिक भएको छ । नेपालमा आगामी फागुन ११ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउँन लागेको फिल्मको बिहीबार ट्रेलर सार्वजनिक भएको हो ।

सार्वजनिक गरिएको ट्रेलरमा मलायामा गोर्खालीले लडेको साहसी युद्ध देखाइएको छ । साढे दुई मिनेट लामो ट्रेलरले गोर्खा सैनिकको वीरता बोल्छ ।

मिलन चाम्स निर्देशित फिल्ममा रितेश चाम्स, विजय लामा, रेबिका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, विरुप घलेको मुख्य भुमिका छ । फिल्म नेपाली, हिन्दी, अंग्रेजी र कोरियन गरेर ४ भाषामा रिलिज हुनेछ । फिल्मको हिन्दी संस्करणमा ‘केजीएफ’का सचिन गोलेले स्वरांकन गरिरहेका छन् । दोस्रो विश्वयुद्धको क्रममा सन् १९४९ मा भएको मलाया युद्धमा गोर्खा सैनिकले लडेको वीरतापूर्ण लडाइँको कथा र त्यसले युद्धमा लड्ने शैनिकको परिवारमा पारेको प्रभाव फिल्ममा चित्रण गरिएको छ । सिनेआई प्रोडक्सनको प्रस्तुतिमा चाम्स इन्टरटेनमेन्टले निर्माण रहेको फिल्मका निर्माता सुमन राई, सुस्मिता र ज्योतीराज राई हुन् ।

कार्यक्रममा निर्देशक मिलन चाम्सले नेपाली फिल्मलाई ‘गोर्खा वारिअर’ मार्फत आफूले विश्वमा चिनाउने प्रयास गरेपनि फिल्मकर्मीबाट साथ र सहयोग नपाएको गुनासो गरे ।

Cinemax Hub

/ सम्बन्धित समाचार /