The Cinemax Hub

दयारानीको लाइदेउ छपक्कै

Facebook
Twitter
WhatsApp

काठमाडौं । गत माघ २६ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘दयारानी’को नयाँ गीत ‘लाइदेउ छपक्कै’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बिनोद बानियाँको संगीत तथा मन क्षेत्रीको शब्द रचना अनि संगीतकार बानियाँ र मेलिना राईको स्वर छ ।

गीतमा अभिनेता दयाहाङ राई, विजय बराल र शिरिषा कुँवर लगायतका कलाकारलाई फिचर्ड गरिएको छ । फिल्ममा माओत्से गुरुङको निर्देशकीय ‘डेब्यू’ छ ।
फिल्मले पहिलो सप्ताहन्नमा १ करोड २५ लाखको व्यापार गरेको वितरक प्रचण्डमान श्रेष्ठले बताएका छन् । निर्देशकको गृह जिल्ला पोखरामा शुक्रबार र शनिबार दिएका सवै शोमा दर्शकको ओभर फ्लो भएको थियो भने सोमबारसम्म पनि त्यो रफ्तार कायमै रहेको प्रचण्डमानले बताए ।

फिल्मको मूल पुरुष पात्र आफू कहिल्यै बाबु बन्न नसक्ने तथ्य लुकाएपछि आइपर्ने उतार चढावको कथा पेस गर्छ । धेरैले फिल्मको कथ्यशैलीलाई मन पराएका छन् । फिल्मले आफ्नो मौलिक कथावस्तुका लागि तारिफ बटुलिरहेको छ ।

फिल्ममा दयाहाङ राई तथा दीया पुनको प्रमूख भूमिका रहेको छ । उनीहरुका अलावा फिल्ममा नयन गुरुङ, शिरिषा कुँवर, पुष्कर गुरुङ, प्रमिश गुरुङ, विजय बराल आदिको अभिनय रहेको छ ।

बाँसुरी फिल्मस् र माओत्से फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् ।

फिल्मको कास्टिङ डारेक्टर मणिराम पोखरेल हुन् । फिल्मलाई नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनि टिफल्क फिल्मस् र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गरेको हो ।

Cinemax Hub

/ सम्बन्धित समाचार /