The Cinemax Hub

नव गायक सौरभ खतिवडाको अवाजमा ‘बिपनीमा भेटौँ भन्थ्ये’ बोलको गीत सार्वजनिक

Facebook
Twitter
WhatsApp

नव गायक सौरभ खतिवडाको अवाजमा ‘बिपनीमा भेटौँ भन्थ्ये’ बोलको गीत सार्वजनिक भएको छ। प्रेम भावले सजिएको गीतमा कृष्ण खतिवडाको शब्द रचना र संगीत रहेको छ। गीतको संगीत संयोजन भने बिष्णु अधिकारीको रहेको छ। भिडियोमा दीपक बस्नेत तथा बिदुषी बन्जाडेको अभिनय रहेको छ।

गीतको भिडियोलाई बिभुति बन्जाडेले निर्देशन गरेका हुन्। अमेरिकाको बाल्टिमोर, ओसन सिटि, फ्रेडरिक र आसपासका क्षेत्रमा छायांकन भएको गीतको भिडियो निकै आकर्षित बनेको छ।

लामो समय देखि अमेरिकामा बसोबास गर्दै आएका बिभुति बन्जाडेले यहि म्युजिक भिडियोबाट निर्देशनमा हात हालेका हुन्।

Cinemax Hub

/ सम्बन्धित समाचार /