The Cinemax Hub

तीज गित “तिते करेलीमा अमिलो ट्वाक्क” सार्वजनिक

Facebook
Twitter
WhatsApp

पछिल्लो समयकी चर्चित गायिका सुष्मा बीसी,प्रमोद भुषाल र देवी घर्तीको स्वरमा सजिएको मौलिक तीज गित “तिते करेलीमा अमिलो ट्वाक्क” सार्वजनिक भएको छ । उक्त गीतमा शब्द र संगीत प्रमोद भुषालले भरेका छन् । कृष्ण बाजुरालीको संगीत संयोजन रहेको गीतको हुकलाइन लेक कुमारी भुषालको रहेको छ।

सार्वजनिक गीतको म्युजिक भिडियोमा गायिका स्वयम सुष्मा बी.सी पछिल्लो समयकी चर्चित मोडल नारायणी खत्री, संचिता बोलाखे उमराज थापा लगाएतले अभिनय गरेका छन् । प्रविन थापाले कोरियोग्राफी तथा निर्देशन गरेको भिडियोको छायाँकन राजेश घिमिरेले गरेका हुन् भने सम्पादन अमृत चापागाईंले गरेका छन्। प्रमोद भुषालको अफिसियल युट्युब च्यालनबाट सार्वजनिक गरिएको छ।

यस अघि गायिका सुष्मा र प्रमोदले आफ्नो स्वर सजिएको पारिवारिक जीवनलाई समेटेर तयार पारिएको लोकदोहोरी गीत “गठबन्धन” सार्वजनिक गरिसकेकी छिन् भने एकपछि अर्को तीज गीत सार्वजानिक गर्ने क्रममा छिन्।

Cinemax Hub

/ सम्बन्धित समाचार /