The Cinemax Hub

सम्राट र प्रितीको यो मायालाई फकाउन

Facebook
Twitter
WhatsApp

काठमाडौं । गायक सम्राट किरण र गायिका प्रिती घिमिरेको स्वरमा रहेको गीत ‘यो मायालाई फकाउन’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपमेलोको प्रस्तुतिमा एसके प्रोडक्शन र एजी फिल्मस् अष्ट्रेलियासँगको सहकार्यमा निर्मित भिडियो सार्वजनिक भएको हो ।

गीतका गीतकार डिपी खनाल हुन् भने संगीतकार शंकर थापा स्माईल रहेका छन् । विषम आचार्यको म्युजिक एरेन्जमेन्ट रहेको गीत सिडनीस्थित नेपमेलोको स्टूडियोमा रेकर्ड गरिएको हो ।

लामो समयदेखि अस्ट्रेलियामा बसोबास गर्दै आएका प्रीति र सम्राट सिडनीका धेरैजस्तो स्टेजहरूमा व्यस्त देखिन्छन्। गायक सम्राटको यो पहिलो गीत हो ।

प्रशान्त तामाङको निर्देशन तथा कोरियोग्रफी रहेको गीतको भिडियोमा सञ्जीव महर्जन र एन्जिला गिरी फिर्चड छन् । भिडियोमा उनीहरुको नोकझोक र रमाइलो माया प्रेम देख्न सकिन्छ ।

गोपाल राय डिओपी रहेको भिडियोको सम्पादन र कलर विनोद बमले गरेका हुन् । गीतलाई नेपमेलो युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

Cinemax Hub

/ सम्बन्धित समाचार /