The Cinemax Hub

जि र बबिताको आरती करबाकेली बाबा

Facebook
Twitter
WhatsApp

काठमाडौं । गायक जि पुन (जीतबहादुर पुर्जा पुन) र बबिता पाख्रिनको स्वर रहेको गीत ‘आरती करबाकेली बाबा’ सार्वजनिक भएको छ । गीतमा चीनबहादुर पुन र राधा पुनको शब्द र जि पुनको संगीत तथा एरेन्ज छ । गीतमा दिका गुरुङको मिक्सिङ तथा मास्टरिङ छ ।

जि पुनको निर्देशन रहेको भिडियोमा जि पुन, विवेक गर्बुजा पुन, प्रितम पुर्जा पुन, सोनी पाइजा पुन, खिम माया पाइजा पुन, सिर्जना पुर्जा पुन, राधा तिलिजा पुन, रिता रन्जिता पुन, सञ्जु पुर्जा पुन, एलिना पुर्जा पुन, कृति पहरी पुन, सुदीप तिलिजा पुन, बिमल थापा, माक्सो पाइजा पुनको अभिनय छ ।

भिडियोमा सबिन शेर्पाको सहायक निर्देशन, चीनबहादुर पुनको कथा र कन्सेप्ट, रेनिश फागोको कलर, सीता तामाङको मेकअप र सुरज लामाको सम्पादन, छायांकन र ड्रोन छ । भिडियोको पोस्ट प्रोडक्सन जीएस प्रोडक्सनमा गरिएको हो । भिडियो जि पुन अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

Cinemax Hub

/ सम्बन्धित समाचार /