The Cinemax Hub

भुषण र शान्तिको माया बराबर

Facebook
Twitter
WhatsApp

काठमाडौँ । भूषण खतिवडा र शान्ति श्री परियारको स्वरमा नयाँ गीत ‘माया बराबर’ सार्वजनिक गरिएको छ ।

फिन्जु पाख्रिनका प्रेमिल शब्दमा गायक भूषण खतिवडाकै सङ्गीत सुन्न सकिन्छ। नेपमेलो युट्युब च्यानलमा सार्वजनिक गरिएको गीतको भिडियोलाई पनि उतिकै प्रेमिल प्रस्तुतिका साथ तयार गरिएको छ ।

सार्वजनिक भिडियोमा रियल जोडी लक्ष्मी बर्देवा र जीवन भट्टराईको सफल प्रेम यात्रालाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको छ ।

उत्सव दाहालको छायाङ्कनमा तयार भिडियोमा लक्ष्मी र जीवनसँगै सागर दाहाल, विशाल पहारीको अभिनय रहेको छ ।

सार्वजनिक गीतमा हेमन्त कान्छा रसाइलीको सारङ्गी, रत्न विकेको बाँसुरी, सञ्जीव बराइलीको गितार तथा श्यामस्वेत रसाइलीको मिक्सिङ मास्टरिङ रहेको छ ।
भिडियोमा कलाकारद्वय लक्ष्मी र जीवनकै निर्देशन छ ।

Cinemax Hub

/ सम्बन्धित समाचार /