The Cinemax Hub

भुठानलाई अमेरिका र क्यानडामा बफेलो एटले वितरण गर्ने

Facebook
Twitter
WhatsApp

काठमाडौं । हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘भूठान’लाई अमेरिका र क्यानडामा हलिउडको डिष्ट्रि«ब्यूटर कम्पनी बफेलो एटले वितरण गर्ने भएको छ ।

अमेरिकामै रहेका यसका एक निर्माता राजेन्द्र ठकुराठीका अनुसार बफेलो एटका निर्देशक ज्याकब सिल्भेरासँग हालै वितरण सम्झौता भएको हो । बफेलो एटले यसअघि अस्कर अवार्डमा गएको फिल्म ‘विमेन अफ द आवर’लगायत ‘टेरिफाएर थ्रि’, निकोलस केज अभिनित फिल्म ‘आर्केडियन’, रोबर्ट डि निरो अभिनित ‘वास मि इन द रिभर’ पनि वितरण गरिसकेको छ ।

अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो चलचित्रको मुख्य भूमिकामा हरिवंश आचार्य, दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द –लामा), ऋचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी र हलिउडका विश्वविख्यात अभिनेता बु्रस डर्नले पनि विशेष भूमिकामा अभिनय गरेका छन् । हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको यो पहिलो नेपाली फिल्म हो, जसमा हलिउडका केही प्राविधिकहरुले पनि काम गरेका छन् ।

सन् २०१३ मा आएको फिल्म ‘साँघुरो’बाट ‘उत्कृष्ट पटकथा लेखन’मा ‘राष्ट्रिय चलचित्र पुरस्कार’ एवम् सन् २०१९ मा पहिलो फिल्म ‘बुलबुल’ निर्देशन गरेर ९२ औं अस्कर अवार्डमा नेपालको तर्फवाट मनोनित एवं नेपाल सरकारले प्रदान गर्ने सर्वोत्कृष्ट निर्देशकको राष्ट्रिय चलचित्र पुरस्कार पाएका विनोद पौडेलको यो दोस्रो फिल्म हो । फिल्मको प्रचारप्रसारको लागि निर्देशक पौडेल र अर्का निर्माता सुशांक मैनाली केही दिनअघि नेपाल आईसकेका छन् ।

नेपालमा रहेका निर्माता अविरल थापा यस फिल्ममार्फत हरिवंश आचार्यको नयाँ जन्म हुने र नेपाली दर्शकले नेपाली निर्देशकले हलिउडमा गएर बनाएको विश्वस्तरको फिल्मको स्वाद चाख्न पाउनेमा विश्वस्त रहेको बताउँछन् ।

भुटानदेखि भारत, नेपाल हुँदै अहिले अमेरिकामा बसोबास गरिरहेका भुटानीहरुले थातथलो छोड्नुपर्दा आफ्नो घर हराएको कथा र अस्तित्वको खोज समेटेर बनेको यो फिल्मको अधिकांश छायाँकन अमेरिकामै भएको छ ।

फिल्मको प्रमुख निर्मातामा राजेन्द्र ठकुराठी, अमिताव जोशी र अविरल थापा, सुशांक मैनाली र किर्तना बाँस्कोटा छन् । साथै कार्यकारी निर्मातामा विकाश भिटो अधिकारी, कौशिला खनाल (कर्माचार्य), रमेश भट्ट, अपार श्रेष्ठ, भुवन प्याकुरेल छन् भने सह–निर्मातामा जोयस पाण्डे, प्रदीप शर्मा (बडाईं) र नवराज पराजुली छन् । यसका अलावा दिपक गजमेर लाईन प्रड्युसर र एसोसियट प्रड्युसरमा एली बोहरा रहेका छन् ।

फिल्ममा सुसन प्रजापतिको छायांकन, अन्जय खड्काको सम्पादन, डिकेश खडगी शाहीको ध्वनी, श्यामबरण केमको संगीत, सुर्य शाहीको कास्टिङ्ग, उज्जवल श्रेष्ठको पब्लिसिटि डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन, बलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहको छ । किर्तना बाँस्कोटा, एलि वोहोरा, विशाल डोटेल र समुन्द्र राज घिमिरेले निर्देशनमा सहयोग गरेका छन् ।

फिल्म ठकुराठी ब्रोज, भ्याकेन्ट लाईट, एभरेष्ट ईन्टरटेनमेन्ट, अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गरेको हो । नेपालमा भने यसको वितरण आरआर फिल्मस् प्रोडक्सनले गर्नेछ ।

Cinemax Hub

/ सम्बन्धित समाचार /