The Cinemax Hub

गीतकार केसीका दुई गीत रेकर्ड

Facebook
Twitter
WhatsApp

काठमाडौँ । कलाकार एवं गीतकार उत्तम केसीले लेखेका दुई गीत एकसाथ रेकर्ड गरिएका छन् । उनका ‘छातीभित्र मुटु चल्छ, मुटुभित्र माया’ र ‘विपनीमा टुङ्गियो माया…’ गीत रेकर्ड गरिएका हुन् ।

केसीका गीतमा गायक राजेश पायल राई र सिक्किमकी गायिका अञ्जना नाल्बो लिम्बूले स्वर दिएका छन् । लिम्बू ‘याक्थुङ स्टार’ गायन प्रतियोगीताको उपाधि विजेतासमेत हुन् । उत्तम केसी नेपालका एक साथ दुई गीत गाएका हुन् । केसीका दुवै गीत शुक्रबार काठमाडौँको ‘मेलोडी स्टुडियो’मा रेकर्ड गरिएका हुन् । ती दुवै गीतमा वरिष्ठ सङ्गीतकार अष्ट लामा र पुस्कर सुनुवारको सङ्गीत रहेको छ

गायिका लिम्बूले गीतकार केसीका शब्दबाट प्रभावित भएर गीत गाएको बताइन् । केसी गीत लेखन तथा कथा लेखनमा लामो समयदेखि सक्रिय छन् । उनका ‘न झुकुन हाम्रा शिरहरू, ‘जसले जे जे भने पनि तिमी मेरी आमा’, मकै भुट्ने हाँडीमा’, ‘रहरै भो’, ‘कि वार कि पार’, ‘अब जे होला होला’, ‘ठण्डा ठण्डा पानी’, ‘आकशको जुन तिमी, धर्तीको फूल’ लगायत गीत श्रोता÷दर्शकमाझ लोकप्रिय रहेका छन् ।

केसीले झण्डै दुई सयको हाराहारीमा ठूलो पर्दा तथा सानो पर्दाका फिल्ममा आफ्नो अभिनय पस्किसक्नुभएको छ । उहाँ चलचित्र निर्माण, निर्देशनमा पनि सक्रिय छन् ।

Cinemax Hub

/ ताजा अपडेट /

/ सम्बन्धित समाचार /