The Cinemax Hub

द्रौपदीको टिकटक भिडियो निर्माण प्रतियोगिता

Facebook
Twitter
WhatsApp

काठमाडौं । ऋषिराज आचार्यद्वारा लिखित,निर्मित र निर्देशीत फिल्म ‘द्रौपदी’ ले टिकटक भिडियो निर्माण प्रतियोगिता घोषणा गरेको छ । हालै सार्वजनीक फिल्मको रबि ओड र इन्द्रकला राईको स्वरमा रहेको ‘कर्णाली काटौला’ गीत अहिले चर्चामा छ ।

सोही गीतमा टिकटक बनाउने टिकटक प्रयोगकर्तामध्ये उत्कृष्ट पाँचलाई आरबि मुभीजले निर्माण गर्ने नयाँ फिल्ममा अभिनय गर्ने मौका दिइनुको साथै उत्कृष्ट पाँच मध्ये प्रथम हुनेलाई रु १५ हजार, दोश्रो स्थान हासिल गर्नेलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार नगद पुरस्कार समेत प्रदान गरिने छ । यीबाहेक सयजना टिकटकरलाई ‘द्रौपदी’ को प्रिमियरमा सहभागी गराइने निर्माण पक्षले जानकारी दिएको छ ।

टिकटक बनाएर द्रौपदी चैत ८ लेखि पोस्ट गर्नुपर्ने छ । यसको नतिजा फागुन २० गते द्रौपदी फिल्मको पेज द्रौपदी नेपाली चलचित्र तथा मिडियामा प्रकाशित गरिने छ । टिकटक सबै उमेरका दर्शकले बनाउन सक्ने बताइएको छ ।

ऋषिराज आचार्य, आश्विनी शाही, रबि ओड, सुजाता तिमिल्सिना, प्रकाश ज्ञवाली, कविराम भामलगायतका कलाकार मुख्य भूमिकामा रहेको फिल्म पश्चिम नेपालको डोल्पा जिल्लाको से फोक्सोन्डोलगागतका विकट स्थानहरुमा छायांकन गरिएको हो ।

Cinemax Hub

/ सम्बन्धित समाचार /