The Cinemax Hub

असार २७ मा यो मन त मेरो नेपाली हो

Facebook
Twitter
WhatsApp

काठमाडौं । फिल्म ‘यो मन त मेरो नेपाली हो’ को प्रदर्शन मिति तय गरिएको छ । फिल्मका निर्माता ज्ञानबहादुर प्रधान (रोशन)ले फिल्म २०८२ सालको असार २७ गतेबाट प्रदर्शनमा आउने जानकारी दिएका छन्। फिल्मलाई आरआर फिल्मस् प्रा।लि।ले वितरण गर्नेछ ।

फिल्ममा रोशन श्रेष्ठ, विजय बराल ,विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती,भुपेन्द्र लिङ्देन ‘मन्त्री’,सुबास भन्डारी,बिजय सुब्बा,बिजिता बर्देवा, देवराज राजबन्शी लगायतको अभिनय रहेको छ।

अमेरीकामा रहेका साहित्यकार नर प्रधान (मित्र) को निर्देशन तथा कथा रहेको फिल्मलाई ज्ञानबहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् । पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा।लि।र नर प्रधानको प्रस्तुतिमा निर्माण भएको फिल्मले विदेशमा रहेका नेपालीको मुद्धालाई उठान गर्दैछ । फिल्मले नेपाली भाषा, साहित्य, कला, यसको ईतिहास, महत्व र नेपाली भाषाको गौरवसंगै नेपाली को हुन् भन्ने विषयबस्तुलाई उठान गर्न खोजेको छ।

शिवम् अधिकारीको लेखनमा निर्माण भएको फिल्मले विश्वका विभिन्न देशहरुमा बसोबास गर्दै आएका नेपालीहरुले आफ्नो कला, संस्कार, संस्कृति विर्सदै गएको हुदा फिल्मको माध्यमबाट नेपाली भाषा प्रतिको आकर्षण, महत्व र ईतिहास दर्साउन खोजिएको छ ।

फिल्ममा दिपक शर्मा, विकास चौधरी र तोरम्पा हाङ राईको संगीत, सौरभ लामाको छायांकन, बनिश शाहको सम्पादन, देव महर्जनको द्वन्द्व ,रेनिश फागोको कलरिस्ट, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी रहेको छ।

Cinemax Hub

/ सम्बन्धित समाचार /