The Cinemax Hub

झिल्को टिजर सार्वजनिक

Facebook
Twitter
WhatsApp

काठमाडौं । फिल्म ‘झिल्को’ को टिजर सार्वजनिक गरिएको छ। ‘झोला’ फेम्ड निर्देशक यादवकुमार भट्टराईको निर्देशनमा बनेको फिल्मको बिहीबार सार्वजनिक टिजरले मोबाइल एडिक्सन अर्थात् मोबाइलको लतले समाजमा पार्ने असरलाई उजागर गरेको छ। टिजरमा मोबाइलले बालबालिकामा परेको असर चित्रण गरिएको देखिन्छ ।

टिजरमा विशेषगरी अहिलेको पुस्तामा बढ्दो डिजिटल निर्भरता र त्यसले पार्ने मनोवैज्ञानिक, सामाजिक तथा पारिवारिक प्रभावलाई देखाइएको छ। यसमा मोबाइलका कारण सम्बन्धमा आउने दरार, व्यक्तिहरूबीचको दूरी र वास्तविक जीवनभन्दा डिजिटल संसारमा गुम्सिँदै गएका पात्रहरूको कथा झल्किन्छ।
निर्देशक भट्टराईले यसअघि पनि सामाजिक विषयवस्तुमा आधारित फिल्महरू निर्देशन गर्दै आएका छन्।

‘झोला’ मा सती प्रथा र ‘भोर’मा दाइजो प्रथामा सामाजिक कथा देखाए झैं ‘झिल्को’ मा अहिलेको समयमा प्रविधिको सामाजिक विस्तारिकरण र यसले पार्ने प्रभावको कथा प्रस्तुत गरिएको छ । फिल्ममा आयुषी ढकाल, सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जेभिन श्रेष्ठ र जेभिस श्रेष्ठको अभिनय छ ।

दीपक बज्राचार्यको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन, श्याम कुँवरको कलर र साउण्ड मिक्सिङ उत्तम न्यौपानेको रहेको छ । फिल्मको कथा र पटकथा निर्देशक भट्टराईले अरुणदेव जोशी र देवव्रतसँग मिलेर तयार पारेका हुन् । फिल्ममा आनन्द अधिकारीको गीत चण्डीप्रसाद काफ्ले र दिपक शर्माको संगीत शिव परियार, निशा देशार र सहिमा श्रेष्ठको स्वर रहेको छ।

मिडिया फर कल्चर प्रालिको प्रस्तुति र जनता टिभिले निर्माण सहकार्य गरेको फिल्म आगामी वैशाख १९ गते रिलिज हुँदैछ ।

Cinemax Hub

/ सम्बन्धित समाचार /