The Cinemax Hub

११ः५५ को कथाको तारिफ

Facebook
Twitter
WhatsApp

काठमाडौं । भोली शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन)को बुधबार रेडकार्पेट प्रिमियर शो आयोजना गरिएको थियो । कमलपोखरीमा अवस्थित बिग मुभिज सिटीसेन्टरमा आयोजित प्रिमियर शोमा सिनेमाकर्मी र पत्रकारको बाक्लो उपस्थिती रहेको थियो ।

फिल्म हेर्न पूर्वमिस नेपाल तथा अभिनेत्री मलिना जोशी, निर्देशक सवीर श्रेष्ठ, सुवर्ण थापा, सुवास कोइराला, अभिनेता आर्यन अधिकारी, गजित बिष्ट, जयकिशन बस्नेत, निर्देशक तथा हास्य कलाकार दीपक आचार्य (काकु), बबिन राई (गल्फने बाजे) र गत फागुन २३ गतेबाट प्रदर्शनरत फिल्म ‘होस्टेल ३’ निर्माण टिम फिल्म हेर्न हल पुगेको थियो ।

अभिनेत्री मलिना जोशीले नेपालमा क्राइम थ्रिलर जनरामा निर्माण भएको उत्कृष्ट फिल्म रहेको बताइन् । निर्देशक सुवर्ण थापाले एउटा घर भित्र गजबले फिल्म सक्काएको भन्दै डेव्यु निर्देशक पाण्डेको तारिफ गरेका थिए । निर्देशक तथा दीपक आचार्य (काकु)ले फिल्म उत्कृष्ट बनेको भन्दै पछिल्लो समय दर्शकको नजरमा परेका मुख्य अभिनेता महेश त्रिपाठीको कामले मन जितेको बताए ।

क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्मको लेखन तथा निर्देशन केशव पाण्डेले गरेका हुन् । यो उनको डेव्यु निर्देशकिय फिल्म हो । फिल्ममा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन रहेको छ ।

अल्मोडा राना उप्रेतीको संगीत, कबिराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्धन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन तथा मिक्सिङ, प्रद्युमन मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्रफी, पासाङ दावा शेर्पाको सम्पादन र सुवास राज काफ्ले फिल्ममा प्रोडक्सन डिजाइनरको रुपमा रहेका छन् ।

बिचित्र फिल्मस् र गुड जब आर्ट्सको व्यानरमा निर्माण भएको सिनेमामा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । फिल्ममा सागर खनाल, महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ र विशाल पहारीको पनि अभिनय दर्शकले हेर्न पाउनेछन् । सिनेमाका कार्यकारी निर्माता एमएस अग्रज हुन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /