The Cinemax Hub

दिव्या ब्राण्ड एम्बसेडेर नियुक्त

Facebook
Twitter
WhatsApp

काठमाडौं । अभिनेत्री दिब्या रायमाझी एक शैक्षिक परामर्शदाता संस्थाको ब्राण्ड एम्बेसेडर बनेकी छन्। आइतबार आयोजित एक कार्यक्रम बीच अभिनेत्री रायमाझी प्रोफाइल इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीको ब्राण्ड एम्बेसेडरको रूपमा नियुक्त भएकी हुन। अभिनेत्री रायमाझी, संस्थाका प्रमुख नवराज प्रसाई र प्रबन्ध निर्देशक नितेश उप्रेतीबीच कागजी सम्झौता सम्पन्न भएको छ ।

प्रोफाइल इन्टरनेशनल ऐजुकेशन कन्सल्टेन्सीले उच्चशिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूलाई शैक्षिक परामर्श दिंदै आएको छ । विगत ७ वर्षदेखी शैक्षिक विधामा काम गर्दै आएको प्रोफाइलले अष्ट्रेलिया, क्यानडा, यू के, अमेरिका, डेनमार्क, न्यूजिल्याण्ड, फिनल्याण्ड र यूरोपलगायत अन्य देशहरूमा उच्च शिक्षा लिन जान चाहने विद्यार्थीहरूलाई शैक्षिक परामर्श दिंदै भिषा सम्बन्धी सम्पूर्ण काम गर्दै आइरहेको छ ।

ब्राण्ड ऐम्बेष्डरको रूपमा नियुक्त भएपछि अभिनेत्री दिब्या रायमाझीले आफू पुरानो र प्रतिष्ठित संस्थासँग जोडिन पाएकोमा खुशी ब्यक्त गरिन । ‘शैक्षिक विधामा आफूले जानेको ज्ञान र अनुभव विद्यार्थीहरूसँग बाड्नेछु । साथै विद्यार्थीहरूसँग सहकार्य गर्ने छु’, रायमाझीले भनिन् ।

अभिनेत्री दिव्या आफ्नो संस्थामा आबद्द भएपछि संस्थाको गरिमा बढेकोमा संस्थाका प्रमुख नवराज प्रसाई र प्रबन्ध निर्देशक नितेश उप्रेतीले प्रसन्नता व्यक्त गरे । ब्राण्ड एम्बेष्डरका रूपमा नियुक्त भएपछी अब दिव्याले संस्थाले आयोजना गर्ने विभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउने छिन । अभिनेत्री दिव्याको उपस्थितिमा मार्च २७ तारेखका दिन सस्थाले यूके एडमिसन डे शैक्षिक मेलाको आयोजना गर्ने भएको छ ।

दिव्याको अभिनय रहेको फिल्म ‘पिताम्बर’ यही चैत २९ गते रिलिज हुँदैछ ।

Cinemax Hub

/ सम्बन्धित समाचार /