The Cinemax Hub

पूजाका ग्रहदशामा सुधार : यसै वर्ष कार किनेकी पूजाको हातमा तीन सिनेमा

Facebook
Twitter
WhatsApp

काठमाडौं : गत वर्ष अभिनेत्री पूजा शर्माका २ वटा सिनेमा प्रदर्शनमा आए। एउटा रुपेश तामाङ निर्देशित सिनेमा ‘दान्भी’ र अर्को ‘रावायण’। दुबै सिनेमाले पूजा शर्मालाई उकास्न सकेन। आफ्नै लगानीमा बनेको सिनेमा ‘रावायण’मा पलको जुंगालाई लिएर सामाजिक सञ्जालमा ठुलै आलोचना गरायो। त्यसको असरले पनि होला सिनेमाले हलमा पानी समेत भन्न पाएन। पूजाले यो सिनेमाबाट राम्रै रकम डुबाईन्।


गत १७ गते आफ्नो जन्मदिनमा अघिल्लो वर्ष आफ्ना लागि राम्रो नभएको बताईन्। केहि पत्रकार सहित जन्मदिन मनाउन बुढानिलकण्ठ छेउ एक आश्रममा पुगेकी उनले अबको वर्ष राम्रो हुने र ग्रहदशा काटिएको दाबी गरिन्। नभन्दै जन्मदिनको दिन नै पूजालाई सिनेमाका लागि अफर आयो। उनलाई बक्स अफिसमा अफल भएको सिनेमाका निर्देशक रुपेशले उनलाई अनटाइटल सिनेमामा अनुबन्ध गरे।


एक्सन जनराको कथामा बन्न लागेको यो सिनेमामा पूजाले एक्सन नै गर्ने बताइएको छ। राम्रो कथा लिएर निर्देशक रुपेश आफ्नोमा आएकाले सिनेमामा काम गर्न राजी भएको पूजाको भनाई छ। यो बाहेक पूजा आफै पनि सिनेमा निर्माणमा लागेकी छन्। आफैले निर्माण गर्न लागेको सिनेमाको यतिबेला स्क्रिप्ट लेख्ने काम भइरहेको छ। उनले यो बाहेक अभिनेत्री तथा निर्माता रेखा थापाले निर्माण गर्न लागेको नयाँ सिनेमा समेत काम गर्दैछिन्।

रेखाको सिनेमामा काम गर्ने हो भने पूजाको यस वर्ष मात्रै तीन वटा सिनेमा निर्माण हुनेछन्। एक महिनाअघि उनले ७० लाख खर्चिएर नयाँ कार समेत खरिद गरेकी थिइन्। जताबाट पनि उनलाई सफलतै सफलता मिलेको देखिन्छ। त्यस कारण पूजालाई यो वर्ष उनले भनेकै ग्रहदशा सप्रिएकै हो त? सिनेमा बन्नु भन्दा पनि चल्नु ठुलो कुरा हो। बनेर चल्यो भने पूजाका ग्रहदशा सप्रिएकै हो भन्नु पर्ला नि।

thecinemaxhub

/ सम्बन्धित समाचार /