The Cinemax Hub

बिपिन र मिरुना अभिनित ‘ऊनको स्वीटर’को अग्रिम टिकट बुकिङ खुला’

Facebook
Twitter
WhatsApp

काठमाडौं :

यही शुक्रवार (वैशाख २६) बाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘ऊनको स्वीटर’को अग्रिम टिकट बुकिङ सुरु भएको छ। निर्माण टिमले हालै ‘ऊनेको स्वीटर’को अग्रिम बुकिङ खोलेको हो।

टिकट बुकिङ खुल्नासाथ दर्शकको केहि सक्रियता देखिएको छ। यस गीतको टिजर,ट्रेलर र गीतमार्फत पहिल्यै चर्चा बटुल्न सफल यो सिनेमाप्रति दर्शकको चासो अझै तीव्र बनेको छ। नेपालकै सबैभन्दा ठुलो सिनेमा हल सञ्जाल क्युएफएक्सले मङ्गलवारदेखि नै टिकट बुकिङ खुला गरेको हो।

त्यस्तै, काठमाडौं उपत्यकाका बिग मुभिज, आइएनआई, एफक्युब लगायतका हलहरू तथा उपत्यका बाहिरका प्रायः सिनेमा घरले पनि टिकट बिक्री सुरु गरिसकेका छन्। वितरक गोविन्द शाहीका अनुसार, यो समाचार तयार पार्दासम्म देशभरका सिनेमा घरहरूले चलचित्रको लागि व्यापक शो प्रदान गरिसकेका छन्।

यकिन शोको सङ्ख्या बिहीबार मात्र सार्वजनिक हुने भए पनि तीन सयभन्दा बढी शो देखिने प्रक्षेपण गरिएको उनले बताए। शो सङ्ख्या र दर्शकको चासो हेर्दा सिनेमाले राम्रो सुरुवात गर्ने अपेक्षा गरिएको छ।
आर्टमाण्डू प्रा.लि.को ब्यानरमा निर्माण भएको सिनेमामा अभिनेता विपिन कार्की, मिरुना मगर,परीक्षा लिम्बु, एलेक्स पारस र विल्सन विक्रम राई मुख्य भूमिकामा देखिँदै छन्। उनीहरूका साथमा अनुभवी कलाकारहरू सुनिल पोखरेल,माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, शारदा देवी सिलवाल र भावना खपाङ्गी मगर लगायतको दमदार अभिनय रहनेछ।

सङ्गीतमा सुजन चापागाईँ र झुमा लिम्बुको निर्देशनमा बनेका ‘फूल’, ‘मखमली’, र ‘काफ्ले’जस्ता गीतहरूले दर्शकमाझ निकै लोकप्रियता हासिल गरिरहेका छन्। सामाजिक सञ्जालमा भाइरल भइरहेको ट्रेलरले पनि फिल्मको प्रतीक्षा उत्साहजनक बनाएको छ। निर्देशक नवीन चौहानको पहिलो फिचर फिल्मको कथा पाँचथरदेखि भारतको वेस्ट बङ्गालको सीमासम्म फैलिएको छ। चौहानले यसअघि ‘घुमी घुमी’, ‘देखेर तिमीलाई – तीनपाते’, ‘फूलथुङ्गे रानी’,‘चन्द्रमा’ जस्ता चर्चित सङ्गीतमूलक सिनेमा निर्देशन गरिसकेका छन्।

सिनेमाको छायाङ्कन पूर्वी नेपालको पाँचथर र भारतको सीमा क्षेत्र फालेलुङमा गरिएको हो। यो फिल्मले सांस्कृतिक विविधता, सामाजिक अन्तर्विरोध, र नेपाली समाजको जीवन्त रङ्गहरूलाई एउटै कथामा समेट्ने प्रयास गरेको निर्देशक चौहानले बताएका छन्। फिल्मलाई सेन्सर बोर्डले युनिभर्सल प्रमाणपत्र प्रदान गरेको छ।

thecinemaxhub

/ सम्बन्धित समाचार /