The Cinemax Hub

दयाले फरक खाल्को कथामा सिनेमा निर्माण नभएको स्वीकारे

Facebook
Twitter
WhatsApp

काठमाडौं :

एक दशक यता हरेक सिनेमामा अभिनेता दयाहाङ राईले अभिनय गरेका गरेका छन्। निर्माताहरुले दयाहाङको बिकल्पमा कमै अभिनेतालाई लिने गरेका छन्। अरु अभिनेताको तुलनामा वर्षमा प्रदर्शनमा आएका सिनेमाकै कुरा गर्ने हो भने आधा दर्जन भन्दा बढि छन्। तर उनै अभिनेता दयाहाङले २० वर्षयता नेपालमा ३–४ वटा मात्र सिनेमा बनेको प्रतिक्रिया दिएका छन्।

पत्रकारसँगको कुराकानीमा २ दशकमा यता आधा दर्जन भन्दा कमै नयाँ कथामा सिनेमा बनेको दाबी गरेका छन्। पत्रकारसँगको कुराकानीमा भन्छन,‘हामीले जनरा पनि कति रोज्यौँ त ? सामाजिक, लभ स्टोरी अरु के छ ? एक्सन पनि केहीले कोशिश गरेका छन्। तर,नयाँ हामीले के गर्यौ त?’

दया आफैलाई पनि एउटै खाल्को भुमिकामा अभिनय गरेको आरोप लाग्दै आएको छ। उनले यस कुरामा आफुले फरक कथामा सिनेमा निर्माण गरौँन भन्दा निर्माणपक्षसँग वादविवाद चलेको खुलासा गरे। उनले सिनेमामेकरसाग झगडा गर्ने कलाकार आफु मात्रै भएको समेत सुनाए।

उनले भने,‘मलाई यस्तो कुराले दिक्दार लाग्छ । प्रि–प्रोडक्सनका क्रममा सबैभन्दा धेरै मेकरसँग झगडा गर्ने कलाकार म हुँ । मैले लेखक, निर्माता र निर्देशकलाई किन यो कथा भन्ने? किन यो सिनेमा बनाउने भनेर झगडा गरेको हुन्छु।’

उनले उस्तै कथामा सिनेमा बनाउन किन जोड गर्नुहुन्छ भनेर प्रश्न गर्दै आएको बताए। उनले थपे,‘यो त बनिसकेको छ, किन बनाउने भनेर मैले सोध्छु ।’

thecinemaxhub

/ सम्बन्धित समाचार /