

काठमाडौं :
अभिनेता राज कटुवाल र अभिनेत्री सनिशा भट्टराई सिनेमा ‘नरसिंहाः अवतार’को प्रचारप्रसारमा जुटेका छन्। सिनेमा प्रदर्शनमा आउन लागेकापछि जोडतोडका साथ अहिले चर्चामा छ। दुई साताअघि सिभिल मलमा पत्रकार सम्मेलन गर्दै सिनेमामा समावेश गीत ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’रिलिज गरेका थिए। जुन गीत यतिबेला चर्चामा छ।
यसैका अभिनेता कटुवाल र अभिनेत्री भट्टराईले सिनेमाको प्रचारप्रसारका लागि विभिन्न ठाउँमा पुग्न थालेका छन्। उनीहरु हालै प्रचारप्रसार गर्दै लुभुमा रहेको भ्वाइस अफ चिल्ड्रेन आश्रममा पुगेका छन्। उनीहरुले त्यहाँ रहेका बालबालिकाहरूसँग भेटघाट गर्न पुगेका हुन्।आश्रममा रहेका बालबालिकालाई उनीहरुले खाद्यान्न, लत्ताकपडा, खेलकुदका सामाग्री समेत वितरण गरेका छन्। दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा राजेश हमाल, राज कटुवाल, नीर शाह,प्रशान्त ताम्राकार,नीति शाह,सरोज खनाल,उषा खड्गी,रमेश चन्द सोडारी,राजिभ जंग बस्नेत लगायतका कलाकारहरूको अभिनय छ।

यसअघि सनिशा अभिनित सिनेमा ‘१२ गाउँ’मा अभिनय गरेकी थिइन्। जुन सिनेमाले अघिल्लो वर्ष नेपाली बक्स अफिसमा १७ करोड भन्दा माथीको व्यापार गरेको थियो।














