

काठमाडौं :
नेपाली सिनेमा क्षेत्रको सफल प्रस्तुति ‘होस्टेल ३’ले सिर्जना गरेको उत्साह अझै सेलाउन नपाउँदै अर्को सिनेमाको घोषणा गरेको छ। निर्माण टिमले बुधवार बिहान ुबाउ भर्सेस छोराु शीर्षकमा नयाँ सिनेमाको घोषणा गरेको छ हो।
सोही सृजनात्मक टिमले फेरि नयाँ र विचारोत्तेजक कथा लिएर आउने घोषणा गरेको हो भने यो सिनेमालाई सम्मान इन्टरटेन्मेन्टले निर्माण गर्दैछ। यस सिनेमाले पुस्तान्तरण अर्थात् दुई पुस्ताबीचको सोच, मूल्य र व्यवहारको टकराबलाई केन्द्रमा राखेर निर्माण हुने निर्देशक सशान कँडेलले बताए। सिनेमाको घोषणामा प्रयोग गरिएको टाइटल डिजाइनमा दुई फरक पुस्ताका सोचलाई बाउ’ र छोरा’ भनेर चित्रण गरिएको छ। जसको डिजाइन रोयल भीमसेनले गरेका हुन्।

नेपाली समाजमा बढ्दो पुस्तागत टकराब र नयाँ पुस्ताले भोगिरहेको दुर्व्यसनको यथार्थतालाई पर्दामा उतार्न लागिएको लेखक माधव शर्माले बताए। फिल्मले केवल बाउ र छोराबीचको भौतिक दूरी होइन,सोच, व्यवहार, दृष्टिकोण र जीवनप्रतिको बुझाइमा आएको अन्तरलाई केन्द्रमा राखेको उनले बताए।
यसअघि ुहोस्टेल ३ु माधव शर्माको लेखन र सशान कँडेलको निर्देशनमा बनेको थियो, जसले प्रदर्शनको ५१ दिन पुरा गरेको थियो। ‘बाउ भर्सेस छोरा’को थप विवरण, कलाकार चयन,छायाङ्कन सुरु हुने मिति र प्रदर्शन समयबारे निर्माण टिमले चाँडै जानकारी दिने बताइएको छ।
यस फिल्मका कार्यकारी निर्माता शङ्कर कोइराला हुन्। फिल्मको स्क्रिप्टको अन्तिम चरणमा काम भइरहेको जनाइएको छ।














