The Cinemax Hub

कलाकार तथा प्राविधिकलाई सम्मान गर्दै ‘पिताम्बर’टीमले मनायो ५१ दिन,सिक्वेलको पनि घोषणा

Facebook
Twitter
WhatsApp

काठमाडौं : गत चैत २९गतेबाट प्रदर्शनमा आएको फिल्म ‘पिताम्बर’ बिहिबार ५१ दिन मनाएको छ। यो फिल्मले रञ्जना सिनेप्लेक्स,विश्वज्योती,बिएसआर र बीग मुभिजमा ५१ दिन मनाएको हो।
फिल्मले ५१ औँ दिन मनाउन सफल भएपछि निर्माण पक्षले ‘पिताम्बर २’को समेत घोषणा गरेको छ। बिहिबार निर्माण पक्षले रञ्जना सिनेमा हलमा आयोजित कार्यक्रममा कलाकार र प्राविधिकलाई सम्मान गरेको छ। फिल्मलाई ५१ औँ दिन पुर्याउनका लागि सहयोग गरेको भन्दै पत्रकारहरुलाई सम्मानपन्त्र बितरण गरियो।
कार्यक्रममा निर्देशक कृषा चौलागाईं, निर्माता विशाल चौलागाईं, छायांकार तथा सह–निर्माता पुरुषोत्तम प्रधान, कलाकार सौगात मल्ल, अनुपविक्रम शाही,प्रमोद अग्रहरिका साथमा सञ्चारकर्मीको बाक्लो उपस्थिती रहेको थियो। सोही क्रममा फिल्म निर्देशक चौलागाईंले सबैको साथ र सहयोगले आज पिताम्बले ५१ औँ दिन पार गर्न सम्भव भएको बताउँदै सबैलाई धन्यवाद दिइनु। यो सफलतामा निकै उत्साहित रहेकी कृषाले अबको फिल्ममा कमीकमजोरीलाई सच्याउदै आगामी दिनमा झन राम्रो फिल्म दर्शकलाई दिने बताईन्। उनले भनिन्,‘यो फिल्ममा भएका गल्ती अर्को फिल्ममा सुधार्दै अझै बुलन्द काम गर्नेछु।’
केहि दिनअघि जापानमा समेत बेष्ट निर्देशकको अवार्ड यसै फिल्मबाट हात पारेकी कृषाको पहिलो निर्देशकिय फिल्म ‘ऐचो पैचो’हो। जुन समिक्षात्मक रुपमा सफल देखिन्थ्यो।
यस फिल्ममा प्रदीप खड्का सौगात मल्ल,आर्यन सिग्देल, अनुपविक्रम शाही, दयाहाङ राई,सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरी, आर्यन सिग्देल,कामेश्वर चौरासिया,टिका पहाडी,सुलभ पहाडी, सुरवीर पण्डित,विशाल पहाडी, दिव्यदेव पन्त,सुपुष्पा भट्ट, दिव्या रायमाझी लगायतका कलाकारको पनि अभिनय छ।

thecinemaxhub

/ सम्बन्धित समाचार /