The Cinemax Hub

‘जदौ’मा साम्राज्ञीपछि थपिए मुकुन,निर्देशक भने अझैँ सस्पेन्स

Facebook
Twitter
WhatsApp

काठमाडौं : अन्तरजातीय प्रेमकथामा निर्माण हुने भनिएको सिनेमा ‘जदौ’मा अभिनेता मुकुन भुसाल भित्रिएका छन्। उनलाई हालै निर्माण टिमले सिनेमाको मुख्य भुमिकामा अनुबन्ध गरेको हो।

काजी लिम्बूको निर्माण परिकल्पना र लेखन रहेको यस सिनेमामा यसअघि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्ध भएकी थिइन्। उनको अपोजिटमा मुकुनको इन्ट्री भएको हो। यस सिनेमाको निर्देशन कसले गर्नेछ्न, त्यो भने सस्पेन्स नै राखिएको छ। निर्माण पक्षले अहिलेसम्म निर्देशकको नाम भने गोप्य राखेको हो।

भदौबाट सुटिङ थालिने यस सिनेमामा अन्य कलाकार र प्राविधिक बारे छिट्टै टुंगो लगाइने छ निर्माता काजीले जानकारी दिए। उनका अनुसार कलाकारको लाइनअप बलियो बन्दै गइरहेको छ। यस सिनेमामा मुकुनसंगै अभिनेत्री सन्ध्या श्रेष्ठ पनि अनुबन्धीत गरिएको निर्माण टिमले जानकारी दिएको छ।
सिल्भर स्क्रीन र समिश्रण मुभिजको संयुक्त लगानीमा निर्माण हुने सिनेमाको सहनिर्मातामा रामराजा सुवेदी, ओम चेम्जोङ्ग र शान्ती तामाङ्ग छन। श्याम तामाङले खिच्ने फिल्मका गीतमा बाबुल गिरीको संगीत अनि बुद्दी माझीको निर्माण व्यवस्थापन रहने छ। फिल्म निर्माण सम्पन्न गरि ०८२ सालभित्रै दर्शक माझ ल्याउने योजना रहेको जानकारी सिल्भर स्क्रीनकी प्रबन्धक निर्देशक बिमला भन्डारीले दिएकी छन्।

thecinemaxhub

/ सम्बन्धित समाचार /