The Cinemax Hub

“हाम्रो मनिराजले शहर छोड्योरे” भिडियो प्रधानमन्त्री ओलीद्वारा सार्वजनिक

Facebook
Twitter
WhatsApp

काठमाडौं : नेपालमा पर्यटन क्षेत्रको अवस्था, चुनौती र सम्भावनामाथि आयोजित राष्ट्रिय गोष्ठी समारोहमा प्रेरणादायक सन्देश बोकेको भिडियो “हाम्रो मनिराजले शहर छोड्योरे” औपचारिक रूपमा सार्वजनिक गरिएको छ।

होटेल बेस्ट वेस्टर्न प्लस, गौशालामा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियोको विमोचन गरेका हुन्। स्वदेशमै रोजगारी सिर्जना र गाउँमै अवसर खोज्नुपर्ने सन्देश दिने भिडियो चाँडै ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिनेछ।

गीतमा कवि श्रवण मुकारुङको रचना, रविन्द्र राई र सिद्धार्थ श्रेष्ठको स्वर रहेको छ। भिडियोमा कलाकार मनिराज डंगोल, हिउवाला गौतम, रामचन्द्र अधिकारी र सपेन्द्र धितालले अभिनय गरेका छन्। छायांकन हरि हुमागाईं र निर्देशन मनी तामाङले गरेका हुन्।

गोष्ठीमा पर्यटन व्यवसायी, पत्रकार, साहित्यकार र सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको आयोजकले जनाएको छ।

Cinemax Hub

/ सम्बन्धित समाचार /